डाक्टर गोविन्द केसीको समर्थनमा जुलुस, निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरमा झडप

शनिबार नेपालमा बिदाको दिन । तर, शनिबार नै प्रदर्शनले बानेश्वर तात्यो । एकातिर केसी समर्थकहरुको जुलुस थियो भने अर्कोतर्फ नेविसंघका युवाहरु पनि हातमा झण्डा लिएर सडकमा थिए । उनीहरु अलि हिंसात्मक देखिन्थे । आएका गाडीको तोडफोड गर्दै निषेधित क्षेत्र तोड्न खोजेपछि झडप हुन पुग्यो । बानेश्वरमा निशेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो । प्रहरीले ८ राउण्ड ग्यास प्रहार गरेको थियो । झडपमा तरुण दलका अध्यक्ष जीतज‌ंग बस्नेतसहित केही प्रदशर्नकारी र एक प्रहरी घाइते भएका छन् । 
यस्तै केसीको मागमा सरकार गम्भीर नभएको भन्दै केसी समर्थक प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुको आन्दोलनमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, अभिनेत्री मनिषा कोइराला, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य गगन थापा, पूर्व प्रधानन्यायाधीस शुशीला कार्की, विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्र, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठ, मानवअधिकारवादी कृष्ण पहाडीलगायतको पनि उपस्थिति थियो ।
र्‍यालीमा सहभागी डा। केसीका समर्थकहरुले ‘केपी ओली सरकार कस्तो श्री तीन जस्तो, केसी तिमी एक्लै छैनौं हामी तिम्रो साथमा छौं,’ लगायतका नारा लगाएका थिए । केसीका समर्थकले सकारको विरोध र केसीको मागको कार्यान्वयन गर्न माग गर्दै नारा लेखिएका कागजका सेतो टोपी लगाएका थिए । अर्कोतर्फ सरकारले बिहीबार बल प्रयोग गरी चिकित्सा शिक्षा सुधारको माग गर्दै २२ दिनदेखि आमरण अनशनरमा बसेका वरिष्ठ चिकित्सक डा। गोविन्द केसीले यहाँ उपलब्ध कुनै पनि किसिमका स्वास्थ्य जाँच र सुविधा लिन अस्विकार गरेका छन्।
उनले भने, सरकारले जबर्जस्ती अपहरणको शैलिमा आफूलार्इ काठमाडौं ल्याएरपनि माग प्रति कुनै लचाकता नदेखाएकोले अब कुनै पनि किसिमका स्वास्थ्य जाँच र सुविधा लिने छैन्।,
२२औँ दिनमा अनसनरत डा केसीले आफ्नो सत्याग्रह तुहाउन सरकार लागि परेको आरोप लगाए। ‘जुम्लामा पनि आखिर म अनसनमा थिएँ, जे यहाँ गरिन्छ त्यो कर्णालीमा पनि भर्इ नै रहेको थियो। स्वास्थ्य उपचार गर्ने बहानामा आफूलाइ त्यहाँबाट उठाएर सम्पुर्ण अभियानलाई नै तुहाउन खोजिएको छ।’, शिक्षण अस्पतालको बेडबाट मलिनो आवाज र इसारा गर्दै डा केसीले भने।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहँदैदेखि डा केसीको मुटुको चालमा गम्भीर समस्या देखिएको थियो। तर, उनको अडानका बीच इसिजी गरेर मुटुको अवस्थाबारे थाहा पाउन नसकिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

(Visited 24 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English