डाक्टर गोविन्द केसी धरौटीमा रिहा, प्रधान्यायाधीशको नागरिकता र शैक्षिक योग्यताको छानविन हुने

सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई वकिलको जिम्मामा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले यो आदेश दिएको हो । सर्वोच्च अदालत आफैंले दायर गरेको निवेदनको पक्षमा पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, उपेन्द्र न्यौपानेलगायतले बहस गरेका थिए । केसीका तर्फबाट वरिष्ठ अधिवक्त कृष्ण भण्डारी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, गोपाल सिवाकोटी, ओमप्रकाश अर्याललगायतले बहस गरेका छन् । उनले केसीमाथि हिजोको बयानका क्रममा व्यक्त गरेका कुरालाई दोहोर्‍याउँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिन र कारबाहीको माग गरेका थिए । आफ्ना पक्षको वकिलको बहस सकिएपछि पछि अन्तिममा पनि केसीले आफ्ना कुरा राखेका थिए । सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीको मुद्दामा सुनुवाई गर्दै प्रधान न्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक योग्यता सहित न्याय परिषदले उनको नियुक्ति गर्दाको निर्णयसमेत पेश गर्न निर्देशन दिएको छ।
अदालतको अपहेलना मुद्दामा डाक्टर गोविन्द केसीलाई गिरफ्तार गरी अदालतमा उपस्थित गराएसँगै केसीले प्रधान न्यायाधीशमाथि नै आरोपहरु प्रस्तुत गरेका थिए। उनले शैक्षिक योग्यता तथा फैसलाहरु त्रुटीपूर्ण रहेको जनाएका थिए। सर्वोच्चमा भएको बहसपछि केसीलाई तारेखमा रिहा गरिएको छ भने प्रधान न्यायाधीशमाथि उठेका मध्ये केही सवालको सर्वोच्चले जवाफ खोजेको छ। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीलाई तारेखमा छोड्न आदेश दिएको हो।

(Visited 48 times, 1 visits today)

सम्बन्धित समाचारहरू

भारतका लागि नीलकण्ठ उप्रेति राजदूत तोकिए, मलेसियामा पाण्डे सिफारिश
चीनलाई एक जोडी गैंडा उपहार, नेपाल लिन मात्र हेन दिन पनि जान्दछ साकार
‘बेटी बचाऔँ, बेटी पढाऔँ’ छोरी जन्मे १० हजार भत्ता २० वर्षसम्म
राष्ट्रसंघका स्थायी प्रतिनिधि भट्टराईलाई साउन १५ भित्र फिर्ता गरिने, अरु के भयो मन्त्रिपरिषद्को निर्णय ?
काँग्रेसले भन्यो – “सरकारले विपक्षीलाई चिढ्याउने काम गरेर ठीक गरेन”
विदेशबाट फर्किएर स्वदेशमा उद्योग चलाइरहेका युवा सम्मानित, पाए एक लाख नगद
म्याग्दीमा पीडा, तीन छोरा विदेशमा, तीनै फर्किए बाकसमा
अलविदा डा. देवकोटा, गोर्खा धन्य भयो तिम्रो जन्मबाट, नेपाल धन्य भयो तिम्रो कर्मबाट !
असार १४ गते काठमाडौं ओर्लदै नयाँ विमान, थप आठ विमान किन्ने तयारी
प्रधानमन्त्री चीनतर्फ, ६ दिने भ्रमणबाट नेपालीको धेरै अपेक्षा
English