ढकमक्क तिहार

उज्यालोको चाड तिहार । अनि फूलैफूलले सजिएको घरआँगन । ठूला कार्यालयहरु त फूल र बत्तीले साँच्चै धपक्क हुन्छन् ।
तिहार लाग्दै गर्दा काठमाडौं उपत्यकाका बजार अनि चोकहरु फूलले ढपक्क भएका छन्, मानौ सहर फूलैफूलको हो । त्यसैले त भनिएको होला, तिहार फूलैफूलको पर्व हो । फूलमालाको अत्यधिक प्रयोग हुने भएकाले यसो भनिएको होला । तिहारको पाँचै दिन फूलको अत्यधिक प्रयोग गरिन्छ । घर, पसल र कार्यालयहरु सजाउन उत्तिकै फूलमाला झुन्ड्याइन्छ । तिहारमा फूलको अत्यधिक खपत हुने हुँदा भारतबाट समेत करोडौंको फूल उपत्यका भित्रिने स्थानीय व्यवसायी बताउँछन् ।
अहिले राजधानी काठमाडौंका सहर बजारमा जताततै फूलको व्यापार फस्टाएको छ । स्थानीय कालिमाटी, बल्खु, टुकुचा, बानेश्वर, असनलगायत उपत्यकाका तीनै सहरका चोकचोक र बजारहरुमा फूलका चाङ लगाएर बेच्न राखिएको छ । फूल र फूल व्यापारीका कारण बाटो हिँड्नै मुस्किल हुन्छ ।


तिहारमा खासखरी सयपत्री, मखमली, गोदावरीलगायत फूलको अत्यधिक माग हुन्छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार व्यावसायिक उत्पादन बर्सेनि बढ्दै गए पनि मागअनुसार पु¥याउन सकिएको छैन । काठमाडौं उपत्यकामै तिहारमा मात्रै करोडौं रुपैयाँको फूल किनबेच हुन्छ ।
त्यसो त फूलमात्रै होइन, बजारमा प्लास्टिकका फूलको पनि उत्तिकै खपत हुन्छ । मालाबत्ती र विभिन्न प्रकारका उज्यालो दिने बत्तीको व्यापार अनुमान गरिसाध्य हुन्न । फूल अनि बत्तीले सहर दुलहीजस्तै सिंगारिएको छ ।

(Visited 15 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री
भाईटीका लगाउनै नेपाल आइपुग्छन् विदेशी पर्यटक, अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका
English