थाइल्याण्डमा नयाँ वर्ष सडक दुर्घटनाको रुपमा काल बनेर आयो ३७५ जनालाई

थाइल्याण्डमा नयाँ वर्षको अवसरमा दिइएको बिदाका बेलामा मात्रै भएका सवारी दुर्घटनामा परी कम्तीमा ३७५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३६ सय जना घाइते पनि भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । सडक दुर्घटना रोकथाम तथा नियन्त्रण केन्द्रले गत डिसेम्बर २८ तारिखदेखि जनवरी २ तारिखसम्म भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको जनाएको छ । यो अवधिमा देशभरका विभिन्न ठाँउमा तीन हजार ४४६ वटा सवारी दुर्घटना भएको केन्द्रका अधिकारीहरूले बताएका छन् । देशको उत्तरपूर्वी प्रान्त नाखोन राट्चासिमामा सवै भन्दा धेरै जनाको मृत्यु भएको छ । यो ६ दिनको अवधिमा त्यस क्षेत्रमा १५ जनाको मृत्यु भएको छ ।

(Visited 18 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायत भ्रमण शुरु
जपानमा बाढीको प्रकोप २ सय ४ जनाको मृत्यु, २८ जना बेपत्ता
अमेरिका र उत्तर कोरियाका विदेशमन्त्रीको भेट, एक भन्छ सफल, अर्को भन्छ अफसोचपूर्ण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल बजार अस्थीर बनाएको ईरानको आरोप
ट्रम्प र पुटिनको वार्ता हेलसिन्कीमा हुने तय, एजेन्डा बनाउने कार्य जारी
पाकिस्तानमा चुनावको चकाचौध, २० हजारभन्दा बढी मतदान केन्द्रहरु संवेदनशील
कंगोमा देखियो ईबोला, ४५ जना बिरामी भेटिएपछि फेरि बढ्यो संकट
मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
पूर्ण निशस्त्रीकरणमा उत्तर कोरिया सहमत, अब भेट ह्वाईट हाउसमा हुने !
चार बुँदामा समेटिएको ट्रम्प उनको सम्झौतापत्रको पूर्णपाठ यस्तो छ
English