दक्षिण कोरियाका राष्ट्रपतिद्वारा उत्तर कोरियाका सर्वोच्च नेताकी बहिनीसँग भेटवार्ता

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी कान्छी बहिनी किम यो जोङसँग भेटवार्ता गर्नुभएको छ । मुन दक्षिण कोरियाको पूर्वी क्षेत्रमा पर्ने प्योङचाङमा रहेको मुख्य रंगलाशामा २३औं शीतकालीन ओलम्पिक खेलकूद सुरु भएका वेला स्थानीय समय अनुसार विहान ८ बजे प्रवेश गर्नुभएको थियो । रंगशालामै मुनले किमलाई भेट्नु भयो र हात मिलाउनु भयो । किम उत्तर कोरियाको सत्तारुढ दल वर्कर्स पार्टीको केन्द्रीय समितिकी प्रथम उप निर्देशक हुनुहुन्छ । किम निजी विमानमा शुक्रबार विहानै दक्षिण कोरिया आइपुग्नु भएको हो । प्रतिनिधिमण्डल बोकेको विमान दक्षिण कोरियाको पश्चिमी बन्दरगाह सहर इन्चोनको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
उहाँ उत्तर कोरियाली उच्चस्तरीय टोलीको सदस्यका रूपमा दक्षिण कोरिया पुग्नु भएको योनहाप समाचार संस्थाले जनाएको छ । उत्तर कोरियाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व भने माथिल्लो सदनका अध्यक्ष किम योङ नामले गर्नु भएको छ । उहाँ विगत निकै लामो समयपछि दक्षिणको भ्रमणगर्ने उत्तर कोरियाली एक उच्च सरकारी अधिकारी हुनुहुन्छ । प्रतिनिधि मण्डलमा राष्ट्रिय खेलकुद निर्देशक समितिका अध्यक्ष चोए हवाई र शान्तिपूर्ण एकता समितिका अध्यक्ष रि सन ग्वोन पनि वरिष्ठ सदस्यको रुपमा रहनु भएको छ ।
प्रतिनिधि मण्डलमा १८ जना सहयोगी कर्मचारी संलग्न रहेको जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको छ । उक्त प्रतिनिधिमण्डल आइतबारसम्म दक्षिण कोरिया रहने छ ।
उत्तर कोरियाली उक्त उच्चस्तीय प्रतिनिधिमण्डललाई दक्षिण कोरियाली एकतामन्त्री चो म्योङ गियोन स्वागतका लागि विमानस्थल पुग्नुभएको थियो । मन्त्रीस्तरका व्यक्ति विमानस्थलमा पुगेर गरिएको यो स्वागत उच्चस्तरीय रहेका पनि बताइएको छ । उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रियरुपमा आलोचना भएको छ । उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ । उक्त कटुतापूर्ण सम्बन्धलाई सुधारका रुपमा विकासगर्ने सुविधा यसै खेलकूदबाट प्राप्त हुनसक्ने भएकोले उत्तर कोरियाको आणविक होडको अवस्थामा सुधार ल्याउन सकिने अपेक्षा पनि विश्व समुदायले गरेको विश्लेषण गरिएको छ ।

(Visited 21 times, 1 visits today)

सम्बन्धित समाचारहरू

क्युवा विमान दुर्घटनामा मृत्यु भएका १०७ जनाको सम्झनामा दुई दिन राष्ट्रिय शोकको घोषणा
ह्यारी र मर्केलको विवाह सम्पन्न, विश्वभरबाट ६ सय विशिष्ट पाहुना सरिक
अमेरिका र दक्षिण कोरियाले सैनिक अभ्यास जारी राखे वार्तामा नआउने उत्तरको चेतावनी, बैठक स्थगित
बनारसमा बन्दाबन्दैको आकासे पुल भत्कियो, १८ जनाको मृत्यु
चुनावमा शर्मनाक पराजय भएपछि मलेसियाका पूर्वप्रधानमन्त्रीबाट प्रमुख पदबाट राजीनामा
अमेरिकाको भनाईप्रति क्यूबाको आपत्ति, पुरानै शैलीमा अघि बढ्न खोजेको आरोप
चीनले गर्यो किमका प्रशंसा, आणविक निशस्त्रीकरणमा खेलेको भूमिका सराहनीय
दुई कोरियाले आफ्नो सीमाक्षेत्रका प्रोपोगाण्डाका ठूला स्पीकरहरु हटाए, सुखद संकेत
आफ्ना सैनिकले मुशलमानहरुलाई बलात्कार नगरेको सेना प्रमुख हानिङको दाबी
अर्को महिनाबाट उत्तर कोरियाले आणविक कार्यक्रम स्थगित गर्ने, अमेरिकी अधिकारीहरुलाई आमन्त्रण
English