दशैंको शुभकामना दिँदैगर्दा माधवकुमार नेपालले देखाए नृत्य शैलीको रुप !

सधैँजसो राजनीतिक गतिविधि तथा कूटनीतिक भेटघाटमा सक्रिय रहनुहुने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छमछमी नृत्य प्रस्तुत गर्दाको दृश्यले धेरै दर्शकको मन जित्यो । रौतहट–काठमाडौँ सम्पर्क समन्वय कमिटीले विजया दशमी, दीपावली तथा छठका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उहाँले सांस्कृतिक रुपमा एकताबद्ध हुन सन्देश दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता नेपाललाई महासचिव विष्णु पौडेल तथा नेताहरु प्रभु साह, बंशीधर मिश्र लगायतले साथ दिनुभयो । नेताहरुको सामूहिक नृत्यस्थल बनेको मञ्चमा व्यावसायिक फोटोग्राफरका साथै दर्शक दीर्घाबाट क्यामेरा र मोबाइलबाट तस्वीर लिनेको कमी थिएन । 
सोही मञ्चमा एकछिन अगाडि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनुभएको भए पनि उहाँलाई नृत्य देखाउने अवसर आज जुरेन । उहाँ आजै गोरखा जाने हतारोले गर्दा समारोहलाई सम्बोधन गरेर निस्कनुभयो । अध्यक्ष दाहालले निरङ्कुश शासन तथा सामन्तवादविरुद्ध चेतना फैलाउन र कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन रौतहटको भूमिको ठूलो योगदान रहेको स्मरण गर्नुभयो । जनताको चाहनाअनुसार दुई ठूला कम्युनिष्ट पार्टीको एकता युगान्तकारी निर्णय भएको बताउँदै उहाँले भन्नुभयो, “सात दशकदेखिको राजनीतिक अस्थिरता अन्त्य भएको छ, अब जनताको आर्थिक विकाससहितको राष्ट्रिय समृद्धिका लागि आधार तय भएको छ ।”
नेता नेपालले विगतदेखि नै त्यहाँका जनताले कम्युनिष्ट चिन्तनलाई संरक्षण गरेको बताउँदै विसं २०१५ को चुनावमा रौतहटले दुई स्थान प्राप्त गरेको स्मरण गर्नुभयो । उहाँले पछिल्लो समयमा देशमा बढेको हत्या, हिंसा, बलात्कारका घटनाप्रति दुःख व्यक्त गर्दै अपराधीलाई पहिचान गरी कडा कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । महासचिव पौडेलले पार्टीभित्रको एकता प्रक्रियालाई चाँडो टुङ्गोमा पु¥याउन जनवर्गीय सङ्गठनबीच अन्तिम चरणको छलफल भइरहेको जानकारी गराउनुभयो । नेताहरु सरला यादव, प्रभु साह, बंशीधर मिश्र, शिवहरि न्यौपाने लगायतले जनताले नेकपाको नेतृत्वमा मात्र आर्थिक विकास सम्भव देखेकाले त्यसतर्फ सरकार संवेदनशील बन्नुपर्ने बताउँदै पार्टी एकताले आर्थिक, सांस्कृतिक रुपान्तरणका लागि ऊर्जा थपेको बताउनुभयो ।

(Visited 1,175 times, 1 visits today)

सम्बन्धित समाचारहरू

माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
योगेश भट्टराईलाई मन्त्री बनाउने योजनामा प्रचण्ड, यही सरकार ५ वर्ष
नेकपामा नेता बामदेव चर्चामा, खरेलले पुस्तकमा पछारे, पोखरेलले बैठकमै लछारे
कमल थापाले भने पार्टी एकताको पहल भइरहेको छ, अन्य राप्रपाहरुसँग छलफल
दशैंको शुभकामना दिँदैगर्दा माधवकुमार नेपालले देखाए नृत्य शैलीको रुप !
उमेर हद विवादले नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघको अधिवेशन अनिश्चित
प्रचण्ड बिहीबार भारत जाने, चीनको पनि भ्रमण गर्ने, गरे सरकारका मन्त्रीको फेदरबदल संकेत
भूकम्पले बन्द भएको तातोपानी नाका अवलोकनमा दुई देशका अधिकारीहरु
यस्तो भयो नेपालमा गरिएको बिमस्टेकको पहिलो सम्मेलनको उद्घाटन
सभामुख महराको अध्यापन जीवनको अनुभव यस्तो छ, महरा सर भन्दा गमक्क
English