दुई हजार डलर राशीको बिमएमडब्लू कप क्रिकेटको उपाधि सगरमाथा क्रिकेट क्लबलाई !

करिब दुई महिनादेखि सञ्चालित बिएमडब्लू कप क्रिकेटको उपाधि सगरमाथा क्रिकेट क्लबले जितेको छ । आईतबार भएको फाईनल प्रतिस्पर्धामा रोयल राईनोज क्रिकेट क्लबलाई ४ रनले पराजित गर्दै उपाधिमाथि सगरमाथाले कब्जा जमाएको हो । टस जितेर फिल्ड रोजेको रोयल राईनोजलाई १ सय २८ रनको चुनौती दिएको सगरमाथा क्लबलाई पछ्याउँदै रोयल राईनोजले २० ओभरमा मात्र १ सय २४ रन बनाउन सकेको थियो । प्रतिस्पर्धामा म्यान अफ द म्याच रोयल राईनोज क्रिकेट क्लबका पुकार भण्डारी घोषित भए । उनले मात्र १६ रन खर्चेर ४ विकेट लिएका थिए । प्रतियोगिताको वेष्ट व्याट्सम्यान सुनम गौतम बन्न सफल भए उनले एकै ईलिंगमा २ सय २ रन बनाएका थिए । उनी एक्सपर्ट क्रिकेट क्लबका क्याप्टेन हुन् । बेष्ट बलर सुनोद श्रेष्ठ, बेष्ट फिल्डर निरज श्रेष्ठ, बेष्ट विकेटकिपर आशिष जिसी, म्यान अफ द सिरिज चाँद श्रेष्ठ, क्याच अफ द टुर्नामेन्ट नारेकिंग्सका शिशिरको घोषित भयो । प्रतियोगितापछि आयोजना गरिएको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिको रुपमा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन सहभागी थिए । उनले खेलको माध्यमबाट समूदायलाई एकताबद्ध गर्नुका साथै आफ्नै स्वास्थ्यमा समेत प्रगति हासिल गर्न सकिने भएकोले सबैले प्रोत्साहन दिनुपर्ने धारणा राखेका थिए । अतिथिको रुपमा बिएमडब्लू एजुकेशनल कन्सल्टेन्सीका निर्देशक मणि सिलवाल सिड्नीबाट सहभागी हुन आएका थिए । उनले नेपाली समूदायमा क्रिकेटलाई माया गर्ने युवाहरुको क्षमता अभिबृद्धि गर्नका लागि प्रतियोगिता आयोजना गरिएको धारणा राखे । आगामी दिनमा अझ राम्रो खेलाडी नेपाली समूदायमा आउन सकुन् भन्ने नको कामना थियो । यसैगरी आयोजक कमिटीको तर्फबाट बोल्दै बिएमडब्लू मेलबर्नका विष्णु सापकोटाले यहाँको प्रतिष्ठित प्रतियोगिताहरुमा समेत नेपाली खेलाडीहरुलाई पुग्न सकुन् भन्ने शुभकामना दिएका थिए । प्रतियोगिताको आयोजना रोयल राईनोज क्रिकेट क्लबले गरेको हो भने यसको व्यवस्थापन भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनले गरेको थियो । विजयी टिमले २ हजार डलर पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र पाएको थियो । 

(Visited 1,906 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री
भाईटीका लगाउनै नेपाल आइपुग्छन् विदेशी पर्यटक, अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका
English