दुर्घटनाग्रस्त विमानमा ३३ नेपाली यात्रु थिए, प्रधानमन्त्री पुगे विमानस्थल

बंगलादेशबाट काठमाडौं आएको विमानमा ३२ नेपाली नागरिक रहेको खुलेको छ । विमानस्थलले दिएको विवरण अनुसार ३३ नेपाली देखिएका हुन् । चालकदलका सदस्यसहित ७१ जना रहेको विमानमा रहेकामध्ये केहीको मात्र उद्धार हुन सकेको छ । उद्धार भएकाहरुको अवस्था पनि चिन्ताजनक छ । उनीहरु सबै आगोले डढेका थिए । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थलमा पुगेका छन् । त्यहाँको उद्धार कार्यबारे चासो राख्दै ओली मन्त्रिपरिषद्को बैठकबाट सिधै विमानस्थल गएका हुन् । पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले दुखद घटना भएको र उद्धारमा कुनै कमी आउन नदिन सुरक्षा निकायलाई निर्देशन दिइएको बताएका छन् । र्दुघटनास्थलमा २८ जनाको शव संकलन गरिएको छ भने उद्धार गरेर ल्याइएकामध्ये ८ जनाको मृत्इु भएको र अन्य २२ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । विमान गलत दिशाबाट अवतरण भएको कारण दुर्घटना भएको बताइएपनि चालकले किन त्यस्तो गर्नुपरेको थियो भन्ने बारेमा खुलेको छैन । विमानका डाटा रेकर्डर भेटेपछि यस विषयमा खुल्नेछ । विमानमा विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना कर्मचारीहरु यात्रा गरिरहेका थिए । उनीहरु एक तालिमको सिलसिलामा बंगलादेश गएका थिए । विमान हिजो उड्नुपर्ने भएपनि क्यान्सिल भएर आज उडेको थियो । विमानमा यात्रा गरेकी एक यात्रुले दुर्घटना अघिको समयको वर्णन गरेकी छिन् । उनले भनेकी छिन्, हामी भाग्इले बाच्यौं, जमिनमा बजारिनु अघि विमान निकै हल्लिएको थियो । विमानका चालकले निकै मेहनत गरेर वस्तीमा खस्नबाट विमानलाई बचाएका थिए ।

(Visited 1,148 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मेसी म्याजिक भएको अवस्थामा अर्जेन्टिनाका लागि दोश्रो चरणको ढोका यसरी खुल्नसक्छ
गोल किपरको मुर्खताले अर्जेन्टिना संकटमा, क्रोएसियासँग तीन शून्यले पराजित
माओको देशमा ओली, नेपाल कम्युनिष्ट आन्दोलनबाट विश्वले सिक्नसक्ने प्रधानमन्त्रीको भनाई
मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
नेपाल र अष्ट्रेलियाबीच व्यापार बृद्धि गर्न मेलबर्नमा ‘विजनेस फोरम’ आयोजना हुँदै
अलविदा डा. देवकोटा, गोर्खा धन्य भयो तिम्रो जन्मबाट, नेपाल धन्य भयो तिम्रो कर्मबाट !
असार १४ गते काठमाडौं ओर्लदै नयाँ विमान, थप आठ विमान किन्ने तयारी
प्रधानमन्त्री चीनतर्फ, ६ दिने भ्रमणबाट नेपालीको धेरै अपेक्षा
वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन, मंगलबार विहान ८ बजेदेखी १ बजेसम्म श्रद्धाञ्जली दिइने
विश्वकपको नयाँ मोड, जर्मन मेक्सिकोसँग पराजित, ब्राजिल स्वीट्जरल्याडसँग बराबरीमा
English