देउवाले चुनावी हारको जिम्मा नलिने, आज भएन सहमति, आईतबार समिक्षा बैठक समापन

नेपाली काँग्रेसले पार्टीका महत्वपूर्ण निर्णय लिन आज पार्टीका पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यका अनौपचारिक बैठक बस्यो । आज भएको छलफलमा निर्वाचनमा पार्टीको पराजयको समीक्षा, जिल्ला सभापतिको भेला, महासमिति बैठक बोलाउने र विधान संशोधनका विषयलगायतमा सर्वसहमति खोज्ने प्रयास भएको थियो । बताइए अनुसार आजको अनौपचारिक बैठकमा चुनावको हारको जिम्मा सभापतिले लिने र अन्य पदाधिकारीले पनि जिम्मेवारी अनुसार लिने भन्ने प्रस्तावमा देउवा सकारात्मक देखिएनन । सभापति देउवाले हारको कारण दुर्य ठूला पार्टीको एकीकरण मात्रै भएको जिकिर गरिरहे । उनले आफ्नो कारणले चुनाव हारेको नभई दुई ठूला कम्युनिष्ट पार्टी एक हुँदा चुनावमा यस्तो नतिजा आएको बताएका थिए । रामचन्द्र पौडेल लगायतका नेतालेभ ने हारको जिम्मेवारी देउवाले लिनुपर्ने माग गर्दै आएका छन् । आईतबरा बिहान ९ बजे बस्ने बैठकमा महामन्त्री डा शशांक कोइरालाले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यक्रम छ । उक्त प्रस्तावमाथि छलफल भई पारित हुने बताइएको छ । साथै पार्टी सभापति शेरबहादुर देउवाले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिइ गत चैत ९ गतेदेखि जारी बैठक समापन गर्नुहुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

(Visited 14 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सभामुख या उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन
काठमाडौं चक्रपथमा मोनो रेल बनाउने अध्ययन हुँदै, ६ महिनामा निष्कर्श आउने
भ्रष्टाचार विरुद्ध अभियान थाल्न केन्द्रीय सदस्यहरुलाई अध्यक्ष ओली प्रचण्डको निर्देशन
सिड्नीको समुद्री किनारमा नेपाली युवतीको शव भेटियो, अनुसन्धान हुँदै
चुडामणि उप्रेतिले आत्मसमर्पण गरेको खुलासा, को थियो उनलाई मार्न चाहने ?
पत्रकार सम्मेलनमा पक्राउ परेको  गोरेले जब आफैं क्याप खोल्यो ! 
सरकारले ल्यायो नीति र कार्यक्रम, रोजगार सिर्जनादेखि उत्पादकत्व बृद्धिसम्मको प्रतिबद्धता
कमनवेल्थ गेम्समा अष्ट्रेलिया आएका २ सयभन्दा बढी खेलाडीबाट शरण माग, ५० बेपत्ता
ट्याक्सीमा चढ्दा बिल माग्नुस्, मिटरमा प्रिन्टर जडान नगरेका ट्याक्सीमाथि हुँदैछ कारवाही
चम्कियो नेपाली ठीटो, सन्दिपले लिए आईपीएलमा तीन विकेट
English