धर्मगुरु भनिने श्रीनिवसमाथि मुद्दा दर्ता, १० दिनको म्याद थपियो

धर्म गुरु श्रीनिवास आचार्यमाथि जिल्ला प्रहरी कार्यालय मोरङले हातहतियार तथा खरखजानाअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ । आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्यमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट आज १० दिनको म्याद थप गरिएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिनुभयो ।
सोमबार प्रहरीले काठमाडौंमा पक्राउ गरी आचार्यलाई विराटनगर ल्याइएको हो । आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवन भरतपुर नगरपालिका बेलचौंकका माधव जोशी र नवलपरासी गैंडाकोटका लक्ष्मीराज अधिकारीलाई पक्राउ गरी कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ । विराटनगर–१४ को जतुवास्थित रामजानकी मन्दिरमा कथा वाचन गर्न आएका बेला गत चैत २५ गते गोली प्रहारबाट घाइते भएका आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भएको थियो ।

(Visited 8 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English