नक्कली सुनलाई सक्कली भन्दै ठग्ने ६ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली सुनलाई सक्कली सुन भनी बेचबिखन गर्न हिँडिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका अभिषेक तामाङ, राज तामाङ र राजकुमार तामाङ तथा नुवाकोटका राम तामाङ, जितेन तामाङ र वीरेन्द्र तामाङ रहेको छ । दुई किलोग्राम नक्कली सुनलाई सक्कली भन्दै हिँडिरहेको अवस्थामा चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट उनीहरुलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिनुभयो । यस बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रेडपाण्डाको छालासहित पक्राउ
यसैगरी परिसरले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । पाँच थान रेडपाण्डाको छाला लिएर हिँडिरहेको अवस्थामा सोलुखुम्बुका ३२ वर्षीय शुक्र राई र २७ वर्षीय पवन श्रेष्ठलाई आज परिसरको टोलीले पक्राउ गरेको हो । यसबारे आवश्यक अनुसन्धान भइरहेको पनि परिसरले जनाएको छ ।

(Visited 1,436 times, 1 visits today)

सम्बन्धित समाचारहरू

बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
पर्थमा ९५ लाख डलरको अवैध चुरोट बरामद, २५ वर्षीय युवा समातिए
सय दिन पुग्यो बलात्कार र हत्याको, निर्मला पन्तको अपराधी अझै भेटिएन
नेपालमा शिकार खेलेको धाक लगाउँदा एक विद्यार्थी अमेरिकाबाट डिपोर्ट हुने खतरामा
युएईमा नेपाली युवतीको फाईट, एकजनाको ज्यान गयो चार जना घाइते
निर्मला पन्तको बलात्कारपछि हत्या काण्डको अनुसन्धानमा लापर्वाही ठहर, एसपी विष्ट र ईन्सपेक्टर भट्ट बर्खास्त
मोबाईल फोनमा बालबालिकाको अश्लिल दृश्य राखेका विद्यार्थी पर्थको विमानस्थलमै पक्राउ
फेरि मुस्ताङ लगिदैछ गुन्डा नाइके समीरमान बस्नेतलाई ?
क्षतिपूर्तिमा सहमति नभएपछि सडक दुर्घटनामा मृत्यु भएका बालकको शव अस्पतालमै
तेजाव आक्रमणमा परेकी रौतहटकी सम्झनाको निधन, पासवान प्रहरी अनुसन्धानमा
English