नयाँ नोट आउनुअघि नेपालमा भएका भारु ५ सय र हजारको नोट भारतले नसाट्ने

नेपाली बैंक र सर्वसाधारणसँग रहेको करिब सात करोड८ भारु बराबरका ५ सय र १ हजार दरका भारतीय नोट भारतले नसाट्ने भएको छ। नेपालले भारतसँग नेपालमा रहेको करिब सात करोड ५ सय र १ हजार दरका भारतीय नोट साट्न आग्रह गर्दै आएको थियो। नेपालमा रहेको प्रतिबन्धित भारतीय नोट साट्न बाँकी नै रहँदा भारतको केन्द्रीय बैँकले भारतीय नोट साट्ने कामले पूर्णता पाएको भन्दै अब यो कारोबार नै बन्द गरेको जनाएको हो। भारतको केन्द्रीय बैंकको यो निर्णयपछि अब नेपालमा रहेको भारतीय नोट नसाटिने करिब निश्चित भएको छ। 
नेपालीे बैंक र सर्वसाधारणसँग ५ सय र १ हजार दरका भारतीय नोट करिब सात करोड भारतीय रुपैयाँ रहेको छ। रिजर्भ बैंक अफ इन्डिया ९आरबीआई० ले गत वर्षसम्म ‘बैंकिङ च्यानलमा आएको प्रतिबन्धित नोट गन्न बाँकी रहेको’ बताउँदै आएको थियो। तर, नेपालमा रहेको भारतीय नोट भारत नलैजाँदै सो बैंकले सार्वजनिक गरेको प्रतिवदेनमा नोटबन्दी साट्ने प्रक्रिया पूरा भएको उल्लेख गरिएको दिल्लीमा भारतीय सञ्चार माध्यमले जनाएका छन्। द वायर अनलाइनले लेखेको छ, ‘यसअघि प्रतिबन्धित भारतीय नोट बैंकिङ प्रणालीमा नआउनुको एउटा कारण नेपालमा पनि ठूलो परिमाणमा उपरोक्त दरका नोटहरु ठूलो संख्यामा रहनु थियो।’
आरबिआइले बैंकिङ च्यानलमा आउन बाँकी रहेको १ खर्ब ७ अर्ब २० करोड रुपैयाँ अझै बैंकिङ च्यानलमा नआएको जनाएको छ। त्यसरी आउन बाँकी रहेको नोटका दुई वर्गका सूची बनाएको छ। त्यसमा कानून कार्यान्वयन निकायहरुले जफत गरेका रकम र जिल्ला सहकारीहरुमा जम्मा भएर कानूनी रुपमा उल्झनमा परेका ५ सय र १ हजार दरका नोट छन्।
त्यसमा नेपाल, भुटान, बंगलादेश, म्यानमार श्रीलंका लगायतका मुलुकमा रहेका नोटबारे केही उल्लेख छैन। यसबाट पनि भारत बाहेकका देशमा रहेका नोट साट्ने पक्षमा भारत छैन भन्ने पुष्टि भएको छ।
गत वर्ष चाहिँ आरबिआइले प्रतिबन्धित नोट आउन बाँकी रहेका देशहरुको सूचीमा नेपाल सहितका देशहरु पनि उल्लेख गरेको थियो। नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार नेपालमा बैंकिङ प्रणालीमा प्रतिबन्धित भारतीय नोट ३ करोड ३२ लाख भारतीय रुपैयाँ रहेको छ। यसमा भारतमा काम गर्न जाने र सीमा वारपार व्यापार गर्नेहरुसँग रहेको रकम उल्लेख छैन। यस्तो रकम करिव ७ करोड रहेको बताइन्छ।

(Visited 1,757 times, 1 visits today)

सम्बन्धित समाचारहरू

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा खटिएका सबै प्रहरी निलम्बित
पशुपति पुगे राष्ट्रपतिदेखि सर्वसाधारणसम्म, एकैदिन सात लाखले गरे दर्शन
तारानाथ रानाभाटले भने, काँग्रेसले बाटो बिरायो, सच्याउनुपर्छ
पाँच युवा साउदी अरबमा अलपत्र, उद्धार गरिदिन आग्रह
माष्टर्स लेभलको प्रश्नपत्र आउट, प्राध्यापकले लेखेको किताबकै प्रश्न हुबहु
राति मात्रै चलाउने नियम लगाएपछि ट्रीपरबाट हुने दुर्घटना स्वाट्टै घट्यो
रक्सीको विज्ञापनमा महिलालाई प्रयोग नगर्न सर्वोच्चको आदेश
विदेशमा रहेका नेपालीलई पनि चुनावमा भोट हाल्ने व्यवस्था गर्न सर्वोच्चको आदेश !
नयाँ नोट आउनुअघि नेपालमा भएका भारु ५ सय र हजारको नोट भारतले नसाट्ने
बिम्स्टेकले साझा प्रयासबाट जनताको जीवनमा गुणात्मक, स्पष्ट र प्रत्यक्ष अनुभूत हुने अग्रगतितर्फ आफूलाई केन्द्रित गर्नुपर्ने
English