नयाँ राष्ट्रपति नियुक्त, भ्रष्टाचारसँग जुध्ने चुनौती

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा नयाँ राष्ट्रपतिको रूपमा नियुक्त हुनु भएको छ ।
यसअघिका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि संसदले बिहीबार रामाफोसालाई राष्ट्रपति पदमा चयन गरेको हो । प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसदमा बोल्दै उहाँले भ्रष्टाचार नियन्त्रण आफ्नो प्राथमिकता हुने बताउनु भयो । धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र भ्रष्टाचारसँग जुध्नुपर्ने मुख्य चुनौती देशका सामु रहेको उहाँको भनाई थियो । रामाफोसाले छिट्टै आफ्नो पदको शपथ लिने र देशवासीका नाममा सम्बोधन गर्ने अपेक्षा गरिएको छ । यसअघि आफ्नै दलको तीव्र दबाब पछि दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामाको घोषणा गर्नुभएको थियो । सत्तारूढ अफ्रिकन नेशनल कँग्रेस ९एएनसी० ले राजीनामा नदिए सदनमा महाभियोग लगाउने चेतावनी दिएको थियो । सो पार्टीका सभापति तथा तत्कालीन उपराष्ट्रपति सिरिल रामाफोसालाई मार्ग प्रशस्त गर्न ७५ वर्षीय जुमामाथि पार्टीले दबाब दिएको थियो । सन् २००९ देखि सत्तामा रहनु भएका जुमालाई भ्रष्टाचारसहितका कैयौँ आरोपहरू लाग्दै आएको थियो । नवनियुक्त राष्ट्रपति रामाफोसाले गएको डिसेम्बर महिनादेखि सत्तारुढ दलको नेतृत्व गर्नुभएको छ ।

(Visited 13 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
पूर्ण निशस्त्रीकरणमा उत्तर कोरिया सहमत, अब भेट ह्वाईट हाउसमा हुने !
चार बुँदामा समेटिएको ट्रम्प उनको सम्झौतापत्रको पूर्णपाठ यस्तो छ
सिंगापुरमा ट्रम्प र किम, वार्ताको पूर्वसन्ध्यामा सबैको चासो सान्टोसामा
होला त रसिया र अमेरिकी राष्ट्रपतिबीच् ‘रचनात्मक भेट’ ?
सिंगापुरमा तेर्सिएको नजर, सफल होला त किम ट्रम्प वार्ता
शनिबार चीन जाँदै भारतका प्रधानमन्त्री मोदी, सीमा समस्याबारे वार्ता हुने
उत्तर कोरियामा रहेका बन्दीहरुलाई वार्ताअघि नै रिहा गर्न राष्ट्रसंघीय नियोगको आग्रह
साउथ चाइना सीबारे ‘गैरजिम्मेवार टिप्पणी’ चीनलाई अस्वीकार्य
रुसी हतियार ल्याएमा कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी
English