यो शनिबार मेलबर्नमा धमाका २०१८ हुँदै, प्रमोद खरेलसँगै सम्झना मगरले स्टेज तताउने

नयाँ वर्ष २०१८ को अवसरमा यो शनिबार मेलबर्नमा धमाका २०१८ नामक सांगीतिक कार्यक्रम हुने भएको छ । नेपाली  सुगम संगीतका भरपर्दा गायक प्रमोद खरेलका साथै लोकगायिका सम्झना लामिछाने मगर उक्त कार्यक्रममा प्रमुख आकर्षणको रुपमा रहनेछन् । अष्ट्रेलियाको सिड्नीमा सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेको टोली मेलबर्नमा शुक्रबार आइपुग्ने तय भएको छ । नायिका एवं नृत्यंगना पूर्णिमा लामा यसअघि नै मेलबर्न आइपुगेकी छिन् । आयोजक नेप्को ईन्टरटेन्मेन्टले जनाए अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । नेप्कोका विराज थापा भन्छन्, “हामीले नेपाली गीतसंगीत र संस्कृति प्रबद्र्धनको माध्यमबाट नयाँ वर्षलाई स्वागत गर्न कार्यक्रम आयोजना गरेका हौं । धेरैभन्दा धेरै दर्शक श्रोता सहभागी भएर नेपाली गीतसगीतको मज्जा लिनुहुनेछ भन्नेमा हामी ढुक्क छौं ।” उनले भने, “हामी स्तरीय कार्यक्रम गर्न चाहन्छौं र यो नयाँ वर्षको कार्यक्रम त्यही कडीको अर्को पाईला हुनेमा हामी ढुक्क छौं ।” थापाका अनुसार यस कार्यक्रममा सहभागी हुनका लागि २० डलरको टिकट राखिएको छ । नेपाली आधुनिक गीत संगीत, नृत्यका साथै लोकगीतको मज्जा पनि कार्यक्रम लिन पाइने थापाले जानकारी दिए । शनिबार साँझ ६ बजेपछि दर्शकहरु रमाउन्जेल कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । कार्यक्रमको मुख्य प्रायोजन ग्रेस ईन्टरनेशनलले गरेको छ भने यसको व्यवस्थापनको जिम्मेवारी हिमाली कल्चरल ग्रुपले लिएको छ ।

(Visited 75 times, 1 visits today)

सम्बन्धित समाचारहरू

नेप्को ईन्टरटेन्मेन्टको तीज मेला २०७५, पशुपति शर्मादेखि देवी घर्ती, मञ्जु पौडेल र सन्तु थापासम्म आउने
यस्सो आँखा डुलाउँदै ल्याए बिमल पराजुलीले नयाँ गीत (भिडियोसहित)
किरण भण्डारीले ल्याए मनकी रानी, भुताहा भिडियोमा गीतको मज्जा
रिलिजको तेश्रो हप्तामा सुनकेशरी, शनिबार सिड्नी र आईतबार एडिलेडमा प्रदर्शन
सिड्नीको टाउन हाउसमा सप्तपरी फेशन शो आयोजना हुँदै, पूर्वमिसनेपालदेखि अभिनेत्रीसम्म र्याम्पमा
मायाको छुट्टै गीत, प्रज्वल राना भन्दैछन् जाउ फर्केर नआउ…!
सुनकेशरीको आज मेलबर्नमा दोश्रो शो, सिड्नीमा रेडकार्पेट प्रिमियर गरिँदै !
कवितालाई संगीततको साथ, किरणले दिए कवितालाई सांगीतिक जीवन
हरर विधामा सबैभन्दा बढी लगानीको पहिलो नेपाली चलचित्र सुनकेशरी शुक्रबार नेपालसँगै मेलबर्नमा पनि रिलिज हुने
सञ्जीव सिंहको ‘गोरी यता सुन न’को नयाँ भिडियो सार्वजनिक, ब्रिसबेनमा छायाँकन (Watch Video)
English