नयाँ वर्ष २०१८ को शुभकामना साट्दै नेपालको चुनावमा विजयी बनेको खुशीयाली मनाए सिड्नीका एमाले निकट प्रवासीहरुले

नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्चमा आबद्ध सदस्यहरु, उक्त संगठनका पदाधिकारी, शुभेच्छुक र समर्थकले नयाँ वर्षको शुभकामना र नेपालको चुनावमा एमाले विजयी भएको अवसरमा खुशीयाली साटासाट गरेका छन् ।  प्रवासी नेपाली मञ्च न्यूसाउथवेल्सको आयोजनामा स्थानीय कार्सपार्कमा गत शनिबार आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले एक आपसमा शुभकामना साटासाट गरेका थिए । उक्त अवसरमा बोल्ने अधिकांशले नेपालको निर्वाचनमा वाम गठबन्धनले प्राप्त गरेको मतले स्थीर सरकार प्राप्त हुने अपेक्षा आफुहरुले गरेको बताएका थिए । प्रवासी नेपाली मञ्च न्यूसाउथवेल्सका अध्यक्ष लक्ष्मण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार डा. जगदिश तिमल्सिना, एनआरएन ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारी, ध्रुव सुवेदी र एनआरएन अष्ट्रेलियाका सचिव देव गुरुंगले नेपाललाई विकासको माध्यमबाट सम्बृद्धि चाहिएको भन्दै जनमत त्यसैका लागि प्रकट भएको बताउनुभएको थियो । संगठनका उपाध्यक्ष केशव जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लेनिन पौडेलले स्वागत मन्तव्य राखेका थिए भने श्याम पौडेलले कार्यक्रम आयोजना गर्नुको उद्देश्य प्रष्ट्याएका थिए । यस्तै सचिव कृष्ण सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले ईश्वी सम्वतको २०१८ सालले सबैलाई खुशी ल्याओस्, प्रवासमा रहेका नेपालीबीच एकता प्रगाढ बनोस् भन्ने शुभकामना दिएका थिए । कार्यक्रममा संगठनका सदस्यहरुका साथै अन्य विभिन्न सामूदायिक संस्थाका प्रतिनिधि पनि सहभागी बनेका थिए ।

(Visited 131 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा एनआरएनको परोपकारी गाला डिनर, सात प्रदेशका ९ विद्यालयलाई सहयोग
न्याभको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण, एक्सीलेन्स एवार्ड पनि वितरण
नेपाल पर्यटन सेल्स मिसन अष्ट्रेलियन ट्राभल एजेण्टसको ध्यानाकर्षण गर्न सफल
सुशील चालिसेको मुक्तक संग्रहको मेलबर्न बिमोचन, साहित्यसँगै समाजसेवा
भव्य बन्यो मेलबर्नमा नेपाल विजनेस एण्ड टुरिजम प्रमोसन नाईट २०१८ (भिडियोसहित)
नेपालमा लगानी बढाउन मेलबर्नमा बिजनेस फोरम २०१८ आयोजना, कर छुटदेखि लगानी सुरक्षासम्मको चर्चा (With Video)
क्वीन्सल्याण्डमा नेपाली सामूदायिक केन्द्र, एक्सपर्ट ब्रिसबेनका सागर अर्यालले दिए एक लाख डलर सहयोग
मेलबर्नमा वाक फर वेलफेयर, सबैबाट प्रशंसीत एउटा उदाहरणीय काम !
मेलबर्नमा एक्सपर्टको ‘एजुकेशन एण्ड माईग्रेसन फेयर’ भोलि १२ बजेदेखि
नेपाल र अष्ट्रेलियाबीच व्यापार बृद्धि गर्न मेलबर्नमा ‘विजनेस फोरम’ आयोजना हुँदै
English