नेपालको वाणिज्य बैंकमा पहिलो सिइओ हुने अनुपमा को हुन् ?

अनुपमा खुँजेली मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्त भएकी छिन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २ वैशाखदेखि लागू हुने गरी खुँजेलीलाई सिइओ नियुक्त गरेको हो । क वर्गको वाणिज्य बैंककी सिइओ नियुक्त हुने खुँजेली पहिलो महिला हुन् । 
अनुपमा खुँजेली
सन् १९९१ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक (तत्कालीन ग्रिन्डलेज बैंक)बाट करिअर सुरु गरेकी खुँजेली नबिल बैंक हुँदै मेगा बैंकमा पुगेकी थिइन् । तत्कालीन सिइओ अनिल शाहले दुई कार्यकाल समाप्त गरी मेगा बैंक छाडेपछि सञ्चालक समितिले उनलाई २३ मंसिरदेखि लागू हुने गरी कामु सिइओमा नियुक्त गरेको थियो । त्यसको चार महिनापछि उनी पूर्ण सिइओमा नियुक्त भएकी हुन् ।
यसैबीच माछापुच्छ्रे बैंककोे प्रमुख कार्यकारी अधिकृत सिइओमा सुमन शर्मा नियुक्त भएका छन् । २८ चैतमा बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई सिइओमा नियुक्त गरेकोहो । २१ बर्षको बैंकिङ अनुभव भएका शर्माले नेपाल एस।वि।आई। बैंकबाट बैंकिङ सुरु गरेका थिए ।
शर्माले एन।एम।बि। बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा काम गरेका थिए । माछापुच्छ्रे बैंकमा समेत करीब ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । शर्मा महेन्द्र विद्याभुषण ९२०५४०, महेन्द्र विद्याभुषण ९२०६२०, तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएका छन् ।

(Visited 491 times, 1 visits today)

सम्बन्धित समाचारहरू

भारतका लागि नीलकण्ठ उप्रेति राजदूत तोकिए, मलेसियामा पाण्डे सिफारिश
चीनलाई एक जोडी गैंडा उपहार, नेपाल लिन मात्र हेन दिन पनि जान्दछ साकार
‘बेटी बचाऔँ, बेटी पढाऔँ’ छोरी जन्मे १० हजार भत्ता २० वर्षसम्म
राष्ट्रसंघका स्थायी प्रतिनिधि भट्टराईलाई साउन १५ भित्र फिर्ता गरिने, अरु के भयो मन्त्रिपरिषद्को निर्णय ?
काँग्रेसले भन्यो – “सरकारले विपक्षीलाई चिढ्याउने काम गरेर ठीक गरेन”
विदेशबाट फर्किएर स्वदेशमा उद्योग चलाइरहेका युवा सम्मानित, पाए एक लाख नगद
म्याग्दीमा पीडा, तीन छोरा विदेशमा, तीनै फर्किए बाकसमा
अलविदा डा. देवकोटा, गोर्खा धन्य भयो तिम्रो जन्मबाट, नेपाल धन्य भयो तिम्रो कर्मबाट !
असार १४ गते काठमाडौं ओर्लदै नयाँ विमान, थप आठ विमान किन्ने तयारी
प्रधानमन्त्री चीनतर्फ, ६ दिने भ्रमणबाट नेपालीको धेरै अपेक्षा
English