नेपालको सात प्रदेशका ९ विद्यालयलाई एनआरएन अष्ट्रेलियाले सहयोग गर्ने, च्यारिटी डिनर हुँदै

नेपालको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम मार्फत सहयोग गरिरहेको एनआरएन अष्ट्रेलियाले सिड्नीमा च्यारिटी डिनर गर्ने भएको छ । नेपालका विभिन्न सात प्रदेशका ९ विद्यालयलाई छनोट गरी अक्षय कोषको स्थापना गर्दै त्यहाँका जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उद्देश्य यो कार्यक्रमको छ । एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिको आयोजनामा हुन लागेको च्यारिटी डिनर आगामी जुन ८ तारिखका दिन रकडेलमा रहेको ईन्द्रेणी फंक्सन सेन्टरमा कार्यक्रम गरिने एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक नन्द गुरुंगले जानकारी दिए । यो च्यारिटी डिनरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिनेछ । उक्त अवसरमा सिड्नमिा रहेका नेपाली कलाकारहरुले गीत, संगीत, नृत्यको साथै आफ्ना विविध प्रस्तुतिबाट उपस्थित दर्शकलाई मनोरञ्जन दिनेछन् । साथै उक्त अवसरमा अष्ट्रेलियामा अध्ययन गरिरहेका उत्कृष्ट अंक हासिल गरेका नेपाली बालबालिकाहरुलाई समेत सम्मान गरिने भएको छ ।

(Visited 54 times, 1 visits today)

सम्बन्धित समाचारहरू

श्रीलंकाको राष्ट्रपतिको भारतमा हत्या योजना बनाएको आश्चर्यजनक खुलासा
दशैंको आठौं दिन महाअष्टमी, कालरात्रीको पूजा गरी शक्तिको उपासना गरिँदै
एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
कार्तिक १५ देखि नेपालमा पाराग्लाईडिङ्ग विश्वकप हुँदै
माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
English