नेपालमा आयो वेष्ट ईन्डिजबाट सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी !

नेपालमा सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी वेस्ट इन्डिजबाट भएको पाइएको छ । उद्योग, व्यापार एवं औद्योगिक क्षेत्रमा लगानी गर्ने देशका रुपमा मुलुकमा विरलै सुनिएको उक्त राष्ट्रबाट प्रवाह भएको लगानीको गुणस्तरमा अर्थतन्त्रका विश्लेषकहरुले शंका गरेका छन् ।
आतंककारी वा अन्य आपराधिक गतिविधिबाट आर्जित रकम लगानी भएको हुनसक्ने आशंका गर्दै नेपाल राष्ट्र बैंकका एकजना उच्च अधिकृत नाम उल्लेख नगर्ने शर्तमा प्रतिक्रिया दिँदै भन्छन् – “वेस्ट इन्डिजबाट भएको लगानी कति स्वस्थकर छ भन्ने कुराको निक्र्यौल गर्न जरुरी छ ।” सेवा क्षेत्रमा मात्र उक्त देशबाट रु ६२ अर्ब ७७ करोड ९० लाख ७० हजार लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षमा त्यति रकम नेपालमा लगानी भएको हो । ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी’ शीर्षकमा केन्द्रीय बैंकले पहिलोपटक गरेको सर्वेक्षणमा भारत दोस्रो र चीन तेस्रो लगानीकर्ता मुलुक बनेका देखाइएको छ । सोही अवधिमा भारतबाट औद्योगिक र सेवा क्षेत्रमा रु २७ अर्ब २५ करोड ४० लाख १० हजार र चीनबाट १० अर्ब ८४ करोड ४१ लाख लगानी भएको छ ।
नेपालमा सिंगापुर, आयरल्याण्ड, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, नर्वे, पाकिस्तान, हङ्कङ, जापान, द नेदरल्याण्डस्, ताइवान, मलेसिया, बर्मुडा, स्विट्जरल्याण्ड, केम्यान आइल्याण्डस्, रसिया, श्रीलंका, संयुक्त अरब इमिरेट्स, फ्रान्स, मरिसस, थाइल्याण्ड, बु्रनाई, जर्मनी, टर्की, न्युजिल्याण्ड, स्विडेन, क्यानडा, बेलारुस, कजाकस्तान, ताजकिस्तान, साइप्रस, भुटान, सेसेल्स र इटालीबाट कृषि, औद्योगिक र सेवा क्षेत्रमा लगानी भएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । ती देशबाट दुई सय ५२ वटा कृषि, उद्योग र सेवासँग सम्बन्धित व्यापारिक प्रतिष्ठानमा लगानी भएको छ ।

(Visited 15 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English