नेपालमा लगानी बढाउन मेलबर्नमा बिजनेस फोरम २०१८ आयोजना, कर छुटदेखि लगानी सुरक्षासम्मको चर्चा (With Video)

नेपाल र अष्ट्रेलियाबीचको व्यापार अभिबृद्धिका लागि मेलबर्नमा नेपाल अष्ट्रेलिया विजनेस फोरम २०१८ सम्पन्न भएको छ । जुन ३० तारिख शनिबारका दिन आयोजना गरिएको विजनेस फोरममा प्रमुख अतिथि नेपालको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र भिक्टोरियाका अर्थमन्त्री रविन स्कट थिए । कार्यक्रम उद्घघाटन सत्र र विभिन्न प्रस्तुतिहरुसहित छलफल आयोजना गरि दुई चरणमा भएको थियो । अतिथिको रुपमा एनआरएन अध्यक्ष भवन भट्ट, अष्ट्रेलियाको विदेशी मामिला हेर्ने विभाग डिफ्याटको नेपाल, भुटान र बंगलादेश डेस्क प्रमुख फियोना म्याकग्री, एनआरएन पूर्वअध्यक्ष शेष घले, एनआरएन ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेसहित नेपाली समूदायमा रहेका विभिन्न संघ संस्थाका नेतृत्ववर्ग सहभागी थिए ।
कार्यक्रममा प्रमुख अतिथि भिक्टोरियाका अर्थमन्त्री तथा बहुसंस्कृति मन्त्री रविन स्कटले २०११ देखि २०१६ को पाँच वर्षको अवधिमा भिक्टोरियाको नेपाली समूदाय एक सय १७ प्रतिशतले बढोत्तरी भएको बताउँदै व्यापारको कुरा सही समयमा सुरुवात भएको बताए । उनले नेपाल र अष्ट्रेलियाबीचको व्यापार बृद्धिका लागि ध्यान दिनुपर्ने बेला आएको पनि धारणा राखे । सेवा होस् वा वस्तुको हरेक चिजको आदानप्रदान बृद्धिका लागि नेपाल सरकारसँग मिलेर काम गर्न आफुहरु तयार रहेको उनको भनाई थियो । अष्ट्रेलियामा रहेको नेपाली समूदायले यस कार्यमा सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
प्रमुख अतिथि नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीकर्ताहरुलाई आइपर्ने समस्याहरुको समाधान युद्धस्तरमा गरिने भरोसा दिलाउँदै नेपालको निर्माणमा अरबौं बजेट चाहिएको र यो वैदेशिक लगानीविना पूरा हुन नसक्ने धारणा राखे । नेपालमा होंग्सी शिभम सिमेन्टको स्थापनाको उदाहरण दिँदै तीस महिनामा सकिने काम १५ महिनामै सकाएर सिमेन्ट उत्पादनपनि थालिएको भएको जानकारी दिए । पर्यटनमा अथाह सम्भावना भएकोले वैदेशिक लगानीसँगै विदेशको प्रविधि र यहाँको काम गर्ने शैली समेत हस्तान्तरणबाट मात्रै नेपालको परिवर्तन सम्भव रहेको धारणा अधिकारीको थियो । लगानीकर्ताहरुको सहुलियतको लागि सम्बन्धित देशसँग दोहोरो कर सम्बन्धी सम्झौता गर्न समेत सरकार तत्पर रहने आश्वासन उनले दिलाएका थिए । सामान्यतया २५ प्रतिशत कर लाग्ने भएपनि वैदेशिक लगानीको सवालमा यो २० प्रतिशत मात्र रहेको भन्दै अधिकारीले यस्तो लगानीलाई पाँच देखि १० वर्षसम्म कर छुटको व्यवस्था गरिएको पनि जानकारी दिए । उनले सम्झौताका बखत भएको कानूनकै आधारमा लगानी अघि बढ्ने र पछि आएका नियमले तिनलाई असर गर्ने भन्दै ढुक्क भएर लगानी गर्न अष्ट्रेलियन व्यवसायीहरुलाई आग्रह गरेका थिए ।
डिफ्याटको नेपाल हेर्ने डेस्क प्रमुख म्याकग्रीले सहयोग र व्यापार अभिबृद्धिका निम्ति धेरै काम गर्न सकिने बताइन् । नेपालमा हालै भएको परिवर्तनका लागि बधाई दिँदै उनले निजी क्षेत्रलाई आकर्षित गर्नका लागि व्यापार मैत्री कानून बनाउनुका साथै अन्य विविध कुरामा ध्यान दिन सुझाइन् । शैक्षिक सेवा र पर्यटनको क्षेत्रमा गर्न किने धेरै सम्भावना रहेको उनको ठम्याई थियो । यस किसिमको कार्यक्रममा हुने छलफलबाट आएका सुझावलाई मनन गर्दै दुईपक्षीय सहकार्यका क्षेत्र पहिल्याउने पनि उनले बताइन् ।
एनआरएनका अध्यक्ष भवन भट्टले विजनेस फोरमको आयोजनाले नेपाल र अष्ट्रेलियाबीच व्यापार अभिबृद्धि होस् भन्ने शुभकामना दिए । अध्यक्ष भट्टले अहिलेको सरकारले सम्बृद्धिको लािग देखेको सपना पूरा गर्न विश्वका विभिन्न कुनामा रहेका नेपाली तयार रहेको बताउँदै अध्यक्ष भट्टले विश्वको एघारौं ठूलो अर्थतन्त्र अष्ट्रेलियासँगको सहकार्य नेपालको लागि महत्वपूर्ण हुने भन्दै नेपालबाट अष्ट्रेलियामा निर्यात गर्ने सेवा र सामग्रीको खोजी गर्दै व्यापार घाटालाई कम गर्नुपर्ने पनि उनको धारणा थियो ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले नेपाल संघीयतामा गईसकेको र राज्यका सबै तह पूर्ण बनिसकेको अवस्थामा लगानीका लागि उपयुत्तः हुने भन्दै व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरिन् । नेपालको अहिलकेो अवस्था अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई अवसर भएको बताउँदै अष्ट्रेलिया र नेपालबीच जनता जनताबीचको सम्बन्ध विस्तार गर्दै दुईपक्षीय लगानीका नयाँ आयामहरु खोज्नुपर्ने पनि उनको धारणा थियो ।
एनआरएनका पूर्वअध्यक्ष शेष घलेले डायस्पोरामा नेपालीहरुले देखेको र अभ्यास गरिरहेका शिप, ज्ञान नेपालमा आवश्यक रहेको धारणा राखेका थिए । उनले नेपालमा जाँदा अष्ट्रेलियाको सम्झना हुने र अष्ट्रेलियामा आउँदा नेपालमा केही गर्न पाए हुन्थ्यो भन्ने जस्तो अवस्थामा आफु रहेको भन्दै सुनाए । नेपालमा लगानीका विभिन्न क्षेत्रको चर्चा गर्दै कृषि उत्पादन, मासुजन्य उत्पादन, पोलिटेक्निक शिक्षाको विस्तार, जलश्रोत, पर्यटन, नवीकरणीय ऊर्जा, शिक्षा लगायतमा दुई देशबीच लगानीकर्ताको सहकार्य हुनसक्ने धारणा राखे ।
कार्यक्रममा उपस्थितहरुलाई धन्यवाद ज्ञापन गर्दै भिक्टोरियाका लागि नेपाली अवैतनिक महावािणज्यदूत चन्द्र योन्जनले दूतावास र महावाणिज्यदूतको कार्यालयहरु नेपालमा लगानी गर्न चाहने अष्ट्रेलियनहरुलाई समन्व्य गर्न सदा तत्पर रहेको बताए । नेपालमा लगानी गर्ने अहिले सबैभन्दा उपयुक्त अवसर भएको दोहोर्याउँदै महावाणिज्यदूत योन्जनले नेपालको सम्बृद्धिका लागि उद्योग, कलकारखाना र सेवाको विकास हुनुपर्ने भन्दै तिनै क्षेत्रमा अष्ट्रेलियन निजी क्षेत्रको लगानी पहिचान गर्न कार्यक्रम आयोजना गरिएको धारणा राखेका थिए ।
उक्त अवसरमा नेपालमा वैदेशिक रोजगारीको सम्पूर्ण जानकारी लगानी बोर्डकै अधिकारी रतिस बस्नेतले दिएका थिए । उनको नेपालमा लगानीको वातावरण र अवसरहरु नामक प्रस्तुतिमा नेपालमा लगानी गर्नका लागि हालको कानूनी, आर्थिक र सामाजिक वातावरणको प्रष्ट दृश्य देखाइएको थियो । कार्यक्रमको आयोजना अष्ट्रेलियास्थित नेपाली दूतावास र भिक्टोरियाको अवैतनिक महावाणिज्यदूतको कार्यालयले संयुक्त रुपमा गरेको हो । कार्यक्रममा नेपाल सरकारले अष्ट्रेलियाको विभिन्न राज्यका लागि तोकेका सबै महावाणिज्यदूतहरुको उपस्थिति थियो ।

(Visited 58 times, 1 visits today)

सम्बन्धित समाचारहरू

आगामी शुक्रबार नेपाल एयरलाईन्सको वाइड बढी विमान मकालु आइपुग्ने
डाक्टर गोविन्द केसीको समर्थनमा जुलुस, निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरमा झडप
बलात्कारको मुद्दामा मेलबर्नका एक नेपाली युवालाई ६ वर्ष जेल सजाय
डाक्टर गोविन्द केसीको समर्थनमा अष्ट्रेलियाका विभिन्न शहरमा ऐक्यबद्धता
डा गोविन्द केसी काठमाडौं आउन तयार, सरकारसँग वार्ता हुने !
गुगललाई पनि लाग्यो सिन्डीकेटको आरोप, ५ खर्ब बढी जरिवाना, एन्ड्रोईडलाई पनि धक्का
अनसन बसेका डाक्टर केसीलाई किन अपहरण गर्न खोज्दछ सरकार ?
हुन्डी भन्दै झुलाउने क्रम बढ्दो, एनआरएन भिक्टोरियाको हस्तक्षेपपछि पीडितको रकम फिर्ता फिर्ता
सुन तस्करीको भुरा माछा, मुखमा सुन लुकाएर ल्याउने भारतीय पक्राउ
फिल्मको शुटिंग जस्तो डनको चर्तिकला, हेलिकोप्टरमा जेलबाट फरार
English