नेपाली युवा असीम सुवेदी बने क्रिकेट अष्ट्रेलियाको प्रतिनिधि प्रशिक्षक !

अष्ट्रेलियाको मेलबर्नमा सञ्चालित सगरमाथा क्रिकेट क्लबका प्रशिक्षक असीम सुवेदी क्रिकेट अष्ट्रेलियाको प्रतिनिधि कोच बन्न सफल भएका छन् । उनी लेभल टुको प्रतिनिधि प्रशिक्षकका रुपमा मान्यता पाउन सफल भएका हुन् । अष्ट्रेलियन गएको अगष्ट महिनामा सञ्चालित लेभल टु प्रतिनिधि प्रशिक्षक तालिममा नेपालसहित हंगकंग, जिम्बाबे, श्रीलंका र अष्ट्रेलियाका प्रशिक्षकहरु सहभागी भएका थिए । क्रिकेट भिक्टोरियाले आयोजना गरेको पाँच दिने तालिम पछि सुवेदीले यस्तो उपाधि पाएका हुन् । प्रशिक्षकहरुलाई भिक्टोरियाको महिला क्रिकेट टिमका व्याटिंग कोच डेभिड हेम्प र अष्ट्रेलियन ईन्डोर क्रिकेट कोच रोस ग्रिगोरीले तालिम दिएका थिए । तालिममा एडभान्स फिल्डिंग क्याप्टेन्सी, गेम सेन्स, बायोमेकानिक अफ क्रिकेट, प्रिन्सिपल अफ कोचिंग, एड्भान्स विकेट किपिंग, म्यानेजमेन्ट, लिगल रिक्वायरमेन्ट, लिडरशिप, मेन्टल स्कील लगायतका विषयमा तालिम दिइएको थियो । असीम अष्ट्रेलिया आउनुअघि नेपालमा एनटीभी टू को खेल कार्यक्रम प्रस्तोता थिए भने क्रिकेटको कमेन्ट्री गर्ने गर्दथे । उनी सन् २०१४ मा अष्ट्रेलिया आएका हुन् । यसपछि उनले भिक्टोरियाको सब डिष्ट्रीक क्रिकेट क्लबहरु र नेपाली सामूदायिक क्रिकेट क्लबहरुमा खेल्दै आएका छन् । अन्तर राज्य क्रिकेट प्रतियोगितामा असिमले भिक्टोरियाको प्रतिनिधित्व पनि गरेका थिए । उनले हालै सम्पन्न भएको मेलबर्न रेनेगेड्स च्याम्पियन्स लिगमा उपकप्तानको भूमिका समेत निभाएका थिए । सुवेदी क्रिकेट अष्ट्रेलियाको मान्इता प्राप्त क्रिकेट प्रशिक्षक बन्न सफल हुनु सबै नेपाली समूदायका लागि खुशीको कुरा बनेको छ ।

(Visited 1,214 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मेसी म्याजिक भएको अवस्थामा अर्जेन्टिनाका लागि दोश्रो चरणको ढोका यसरी खुल्नसक्छ
गोल किपरको मुर्खताले अर्जेन्टिना संकटमा, क्रोएसियासँग तीन शून्यले पराजित
विश्वकपको नयाँ मोड, जर्मन मेक्सिकोसँग पराजित, ब्राजिल स्वीट्जरल्याडसँग बराबरीमा
सुरु भयो विश्वकप फुटबल, उद्घाटन खेलमा ५ गोल अन्तरले रसियाले साउदीलाई हरायो
स्पेनका गोलकिपरले भने प्रधानमन्त्रीले माफी मागेको राम्रो
जितको ह्याट्क गराएर छोडे रियलका प्रशिक्षक जिदानले !
चम्कियो नेपाली ठीटो, सन्दिपले लिए आईपीएलमा तीन विकेट
नेपाली क्रिकेटमा अर्को सफलता, सन्दिपले पाए विश्व एघारमा स्थान
बार्सिलोनाको अपराजित यात्रा रोकियो, ३७ औं खेलमा लेभान्तेसँग पराजित
दिल्लीका लागि सन्दिपको डेव्यू खेलमै विकेट, नेपालभर खुशीको माहोल
English