नेपाली विद्यार्थी अनसुना महर्जनको मुटुमा देखियो समस्या, आर्थिक सहयोगको अपील

मेलबर्न निवासी नेपाली विद्यार्थी अनसुना महर्जनको मुटुमा समस्या देखिएपछि यसको शल्यक्रियाका लागि आर्थिक सहायताको अपलि गरिएको छ । उनले चर्चित फन्डिंग साईट गो फन्डमी मार्फत सहयोगको अपिल गरेकी हुन् । २० हजार सहयोगको अपेक्षा गरिएकोमा हालसम्म करिब सात हजार सहयोग जुटिसकेको छ । उनले अपिलमा भनेकी छिन् । गत अक्टोबरमा स्टुडेन्ट भिसा रिन्यू गर्नका लागि मेडिकल गर्न जाँदा मुटुको चालमा अस्वाभाविक गति देखियो । यसपछि डाक्टरहरुले अनुसन्धानगर्दै जाँदा मुटुमा प्वाल रहेको र यसको तत्कालै अपरेसन गर्नुपर्ने बताए । यसको उपचार अष्ट्रेलियामा गर्नका लागि ४० हजार डलर लाग्ने अनुमान गरिएका आधारमा सहयोग संकलन अभियान गरिएको हो । नेपालमा यसको उपचार सम्भव हुने भएपनि नेपालमा कति उपचार खर्च लाग्ने हो भन्ने एकिन नभएका कारण पनि अपिलमा उल्लेख गरिएको छ । पढिरहेको कलेज, साथीभाई, हेल्थ ईन्सयुरेन्स कम्पनी सबैतिर सहयोगको प्रयास भइरहेको पनि उनले लेखेकी छिन् । उनले सहयोगका लागि नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभ, गैरआवासीय नेपाली संघ अष्ट्रेलिया र गुठी अष्ट्रेलियालाई समेत अनुरोध गरेको र सकारात्मक प्रतिक्रिया पाएको लेखेकी छिन् । नेपालमा परिवारको आर्थिक अवस्था त्यति मजबुत नभएको भन्दै अनसुनाले सहयोग गर्नका लागि आग्रह गरेकी छिन् । तपाईंले पनि यो गो फन्ड मी को लिंकमा गएर सहयोग गर्न सक्नुहुनेछ ।

https://www.gofundme.com/donation-for-heart-surgeryanshuna

साथै उनको खाता खाता नम्बर यस प्रकार रहेको छ ।

Anshuna Maharjan
Commonwealth Bank of Australia
BSB : 063777
Account : 10206599

(Visited 2,181 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा एनआरएनको परोपकारी गाला डिनर, सात प्रदेशका ९ विद्यालयलाई सहयोग
न्याभको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण, एक्सीलेन्स एवार्ड पनि वितरण
नेपाल पर्यटन सेल्स मिसन अष्ट्रेलियन ट्राभल एजेण्टसको ध्यानाकर्षण गर्न सफल
सुशील चालिसेको मुक्तक संग्रहको मेलबर्न बिमोचन, साहित्यसँगै समाजसेवा
भव्य बन्यो मेलबर्नमा नेपाल विजनेस एण्ड टुरिजम प्रमोसन नाईट २०१८ (भिडियोसहित)
नेपालमा लगानी बढाउन मेलबर्नमा बिजनेस फोरम २०१८ आयोजना, कर छुटदेखि लगानी सुरक्षासम्मको चर्चा (With Video)
क्वीन्सल्याण्डमा नेपाली सामूदायिक केन्द्र, एक्सपर्ट ब्रिसबेनका सागर अर्यालले दिए एक लाख डलर सहयोग
मेलबर्नमा वाक फर वेलफेयर, सबैबाट प्रशंसीत एउटा उदाहरणीय काम !
मेलबर्नमा एक्सपर्टको ‘एजुकेशन एण्ड माईग्रेसन फेयर’ भोलि १२ बजेदेखि
नेपाल र अष्ट्रेलियाबीच व्यापार बृद्धि गर्न मेलबर्नमा ‘विजनेस फोरम’ आयोजना हुँदै
English