नेपाल पर्यटन सेल्स मिसन अष्ट्रेलियन ट्राभल एजेण्टसको ध्यानाकर्षण गर्न सफल

नेपाल पर्यटन बोर्डले होटल संघ नेपालसँगको सहकार्यमा अष्ट्रेलियाको तीन मुख्य शहरहरु– मेलबोर्न, सिड्नी र ब्रिसबेनमा जुलाइ ३ देखि ५ सम्म नेपाल पर्यटन सेल्स मिसन सफलतापूर्वक सम्पन्न भएको छ ।
यी कार्यक्रमहरुमा प्रकृति, संस्कृति, वन्यजन्तु र शाहसिक गतिविधिहरुलाई योग, ध्यान जस्ता क्रियाकलापसँगै मुख्य रुपमा प्रचार गरियो । सेल्स मिसनका कार्यक्रमहरुमा नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भलाई स्पस्ट रुपमा जोड्दै पर्यटकिय क्रियाकलापका लागि नेपाल राम्रो गन्तब्य भएको पुष्टाइएको थियो । तीनै शहरका मुख्य थोक ब्यवसाय गर्ने ट्राभल एजेण्टसहरुलाई आमन्त्रण गरिएकामा कुल १३० र ट्राभल पत्रकार २० को सहभागिता रहेको थियो ।
तीनै शहरकमा कार्यक्रमहरुमा बोर्डका बजार प्रबन्धक लक्ष्मण गौतमले नेपालका बारेमा बिस्तृत प्रस्तुतिकरण गरी अष्ट्रेलियन पर्यटकका लागि नेपाल इच्छाइएको गन्तब्य हुने प्रस्ट्याउनुभयो । सहभागी ब्यवसायीहरु नेपालका पर्यटकिय सम्भावनाका बारेमा गरिएको प्रस्तुति, देखाइएको भिडियो, फोटोहरुसँगै मोहित भएका देखिन्थे । (Watch Video) यी मध्ये केही नेपाललाई आफ्नो कार्यक्रममा राखिसकेका र धेरैजसोले राख्ने क्रममा रहेको हुनाले यी बिटुबी र प्रस्तुतिले सकारात्मक प्रभाव पार्ने निश्चित देखिन्छ ।
मेलबोर्नको कार्यक्रममा भिक्टोरियाका लागि नेपाली अवैतानिक महावाणिज्यदूत चन्द्र योन्जनले सहभागीलाई स्वागत गर्नुभएको थियो र बोर्डको मेलबोर्न प्रतिनिधि चिरञ्जिवी देवकोटा पनि सक्रिय सहभागी हुनुभएको थियो । त्यसैगरि सिड्नीको कार्यक्रममा न्यु साउथवेल्सका लागि नेपाली कन्सुल दीपक खड्का र ब्रिसबेनको कार्यक्रममा बोर्डका प्रतिनिधि स्वतन्त्रप्रताप शाहले क्रमश सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । सहभागीहरुलाई बोर्डले उत्पादन गरेको नेपाली कागजको डायरी, पोष्टर, नक्सा, ट्राभलर इन्फोरमेशन बाँडिएको थियो । साथै तीनै शहरमा दुई शहभागीहरुलाई नेपालको सात दिनको प्याकेजले पुरस्कृत गरिएको थियो ।
अष्ट्रेलिया नेपालका लागि प्रमुख पर्यटकिय स्रोत बजार पनि भएका कारणले नेपाल पर्यटन बोर्डले आफ्नो प्रबद्र्धनका कार्यहरु यो देशमा नियमित गर्दै आएको छ । २०१७ मा ३३ हजार ३७१ अष्ट्रेलियन नागरिकले नेपाल भ्रमण गरेका थिए । बोर्डसँगै यी कार्यक्रमहरुमा नेपालबाट होटल बाराही, होटल मनाङ र होटल ग्लेसियर सहभागी थिए ।

(Visited 35 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अष्ट्रेलियाबाट ‘जर्नी टु नेपाल अभियान’ चलाउँदै दूतावास, बिहीबार सुरुवात गर्ने
मलेशियामा विषालु रक्सी सेवनबाट ६ नेपालीको मृत्यु, १७ बिरामी
सदस्यहरुलाई कार्ड वितरण गर्दै एनआरएन, पहिलो लटमा आए एक हजारको परिचयपत्र
मन्त्री र पूर्वमन्त्रीसँग सिड्नीमा अन्तरक्रिया, एउटा गाउँ बनाउने जिम्मा अष्ट्रेलिया बस्ने साथीहरुले लिनुस् : जनार्दन शर्मा
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय माग्दै सिड्नीमा ऐक्यबद्धता
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा खटिएका सबै प्रहरी निलम्बित
सिड्नीमा सुरु भयो पहिलो नलेज कन्फरेन्स, एनआरएनले देश विकासमा हातेमालो गर्ने
बम योञ्जनलाई भिक्टोरियन मल्टिकल्चरल एवार्ड २०१८, गभर्नर हाउसमा हस्तान्तरण
साफ च्याम्पियनशीप जित्ने नेपालको सपना माल्दिभ्सले ध्वस्त बनायो, तीन शून्यले पराजित
सिड्नीमा नेपाल फेष्टिभलको तयारी, एनआरएनले बनायो २८ उपसमिति
English