राष्ट्रिय मान्यता प्राप्त नेपाल संवत् ११३९ सुरु

नेवार बस्तीमा विभिन्न झाँकीसहित नयाँ वर्ष मनाइँदै

लिच्छविकालका राजा राघवदेवको पालादेखि सुरु नेपाल संवत् आज देशभर धुमधामसित विविध कार्यक्रमसाथ मनाइँदै छ । ११३९ वर्षअभि सुरु यस संवत्लाई नेवार समुदायले मात्र नयाँ वर्षका रुपमा मनाउँदै आएका थिए । तर अहिले राज्यले यसलाई राष्ट्रिय मान्यता दिएको छ ।


राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋणमोचन गरेर नेपाल संवत्को सुरुवात गरेको भन्ने मान्यता छ । आफ्नो व्यापारको आम्दानीले गरिबको समस्या देख्न नसकी उनीहरुलाई ऋणमुक्त गराउने महान् विभूतिको सम्मान स्वरुप नेपाल संवतका दिन उनलाई सम्झने गरिएको चन्द्रागिरि नगरका अग्रज कान्छाभाइ महर्जनको भनाइ छ ।
नेपाल संवत्लाई राजा पृथ्वीनारायण शाहले राष्ट्रिय संवत्को मान्यता दिए पनि राणाकालपछि खोसिएको थियो । त्यही खोसिएको मान्यता प्राप्तिका लागि खासगरी काठमाडौंका नेवारहरुले धेरै संघर्ष गरेको सम्झन्छन्, महर्जन । उनका अनुसार नेपाल सम्वत मनाउन पञ्चायती शासकसित लुकीलुकी सहभागी हुनुपर्ने अवस्था थियो । ‘हामीलाई नेपाल संवत् मनाउन जाँदा कतिपटक पुलिसले लखेटेको थियो,’ चन्द्रागिरि नपा वडा नं. ५ का अध्यक्षसमेत रहेका महर्जनले भने, ‘त्यतिबेलाको हाम्रो संघर्ष गुमेको मान्यता फिर्ता लिनु थियो । यसका लागि धेरै लडियो ।’ विसं २००७ सालमा प्रजातन्त्र स्थापना भएसँगै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान नै चलाउँदै आएको थियो ।
अवको अवस्था त्यस्तो रहेन । नेपालमा लोकतान्त्र स्थापनापछि गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट कार्य गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै विसं २०५६ सालको नयाँ वर्षका दिन साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।
यसको १० वर्षपछि विसं २०६५ सालमा आएर नेपाल संवतले राष्ट्रिय मान्यता पाएको थियो । अहिले सबै कार्यक्रम खुलमखुल्ला हुन थालेको उनले सुनाए । अरु संवत्मा नेपाल देशलाई नछोएको र यो नेपाल देशको नामबाट राखिएको हुनाले यो मौलिक संवत् हो र यसलाई नै मूल संवत् मान्नु पर्ने उनको धारणा छ ।
नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा, मकवानपुरलगायत नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।
नेपाल संवतले राष्ट्रिय मान्यता पाइसकेको अवस्थामा भने यसलाई पर्वको रुपमा लिएको कान्छाभाइले जनाए । यस दिन एकापसमा शुभकामना आदानप्रदान गर्ने राम्रो लगाउने, मीठो खाने, नातागोता इष्टमित्र बोलाउने भेटघाट गर्ने र सांस्कृतिक झाँकीसहित नयाँ वर्ष मनाइन्छ ।

(Visited 1,127 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री
भाईटीका लगाउनै नेपाल आइपुग्छन् विदेशी पर्यटक, अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका
English