न्याभको अध्यक्षमा तारा गैरे निश्चित, उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य निर्विरोध, महिलाले चासो दिएनन्

अष्ट्रेलियाको  भिक्टोरिया राज्यमा रहेका नेपालीहरुको संगठन नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभले नयाँ नेतृत्व पाउने भएको छ । संस्थाले निर्वाचन कार्यतालिका प्रकाशित गरेर नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने तयारी थालेपनि एक पदमा एकमात्र उम्मेद्वारी परेका कारण सबै पदमा निर्विरोध निर्वाचन हुने भएको छ । अब सदस्यहरुले मतदान गरिरहनुपर्ने छैन । यसक्रममा अध्यक्ष पदमा हालका उपाध्यक्ष तारा गैरेले उम्मेद्वारी दिएका छन् । उनको प्रतिस्पर्धी कोही देखिएनन् । यस्तै उपाध्यक्षमा सन्तोष बस्ताकोटी, कोषाध्यक्षमा प्रकाश थापा, कार्यकारी सदस्यमा राम गुरुङ र प्रेमराज उप्रेतिको उम्मेद्वारी छ । उनीहरुको उम्मेद्वारीमाथि दावी विरोध गर्ने समय पनि सकिइसकेको छ । अब आगामी जुलाई ८ तारिखमा वर्तमान अध्यक्ष डा. अनुपम पोखरेलले अध्यक्षता नवनिर्वाचित अध्यक्ष तारा गैरेलाई हस्तान्तरण गर्नेछन् । भिक्टोरियाको नेपालीहरुको साझा संगठन न्याभको निर्वाचन चलिरहेको बेला केही रोचक दृश्य भने सतहमा आएका छन् । नेतृत्वका लागि प्रतिस्पर्धा हुने ठानिएपनि अन्तिम समयमा सबै पद निर्विरोध हुन पुगेको छ । यस्तै निर्विरोध बनेका पदहरुमा महिलाको चासो कम छ । उनीहरुले कुनै उम्मेद्वारी दिएका छैनन । अनिवार्य निर्वाचित गर्नुपर्ने महिला उपाध्यक्ष पदमा अब मनोनित गर्नुपर्ने देखिएको छ । यस्तै ५ जना कार्यसमिति सदस्य रहनेमा जम्मा २ जनाको मात्र उम्मेद्वारी परेको छ । करिब १६ हजारभन्दा बढी नेपालीभाषीहरुको बसोबास रहेको भनिने भिक्टोरियामा न्याभको सदस्य संख्या मात्र ४ सयको हाराहारी पुगेको छ । आगामी जुलाई ८ तारिखमा मेलबर्नमा हुने विशेष समारोहमा पदहस्तान्तरणका साथै भिक्टोरियामा रहेर विभिन्न उपलब्धी हासिल गर्ने र समाजसेवा गर्नेहरुलाई एवार्ड दिने कार्यक्रम पनि रहेको छ । यसका लागि मनोनयन आगामी जुन १७ तारिखसम्म खुल्ला छ ।

(Visited 109 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मेसी म्याजिक भएको अवस्थामा अर्जेन्टिनाका लागि दोश्रो चरणको ढोका यसरी खुल्नसक्छ
गोल किपरको मुर्खताले अर्जेन्टिना संकटमा, क्रोएसियासँग तीन शून्यले पराजित
माओको देशमा ओली, नेपाल कम्युनिष्ट आन्दोलनबाट विश्वले सिक्नसक्ने प्रधानमन्त्रीको भनाई
मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
नेपाल र अष्ट्रेलियाबीच व्यापार बृद्धि गर्न मेलबर्नमा ‘विजनेस फोरम’ आयोजना हुँदै
अलविदा डा. देवकोटा, गोर्खा धन्य भयो तिम्रो जन्मबाट, नेपाल धन्य भयो तिम्रो कर्मबाट !
असार १४ गते काठमाडौं ओर्लदै नयाँ विमान, थप आठ विमान किन्ने तयारी
प्रधानमन्त्री चीनतर्फ, ६ दिने भ्रमणबाट नेपालीको धेरै अपेक्षा
वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन, मंगलबार विहान ८ बजेदेखी १ बजेसम्म श्रद्धाञ्जली दिइने
विश्वकपको नयाँ मोड, जर्मन मेक्सिकोसँग पराजित, ब्राजिल स्वीट्जरल्याडसँग बराबरीमा
English