न्याभको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण, एक्सीलेन्स एवार्ड पनि वितरण

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संगठन नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले एक विशेष कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ, पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । यस्तै न्याभले समूदायमा रही विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्ति, संघ संस्थालाई पनि सम्मान गरेको छ । न्याभ एक्सीलेन्स एवार्डबाट सम्मानित हुनेहरुमा भाषा, कला र संस्कृति विधामा दिदीबहिनी समाज भिक्टोरिया, प्रोफेसनल एण्ड एकेडेमिक एचिभमेन्टमा डा. राजु अधिकारी, सुरुवात, नेतृत्व र वकालत विधामा सुरेन्द्र सेढाई, न्याभ कमेन्डेबल सर्भिस टु नेप्लीज कम्युनिटी विधामा अजी एक्सन एब्रोड, यंग अचिभर एवार्ड विशान श्रेष्ठलाई प्रदान गरिएको हो । यस्तै स्पोर्टस एवार्ड भिक्टोरियाको पहिलो नेपाली क्रिकेट टिमकी अनीता सापकोटालाई प्रदान गरिएको छ । यी सबै विधामा न्याभ रेकग्निसन एवार्ड पनि प्रदान गरियो । जसमा भाषा, कला र संस्कृतितर्फ मेलबर्न सप्ताह २०१७, मम फेष्टिभल, पार्वती पहाडी र पिताम्बर कोइराला सम्मानित भए । प्रोफेसनल एण्ड एकेडेमिक एचिभमेन्टतर्फ डा। प्रभात लामिछाने, पंकज देवलाई, सुरुवात, नेतृत्व र वकालत विधामा दिपक राई, डा। चन्द्रदिपक पोखरेल, केशवराज कँडेल, युनाईटेड फुटबल क्लब गल्र्स टिमलाई पनि सम्मान गरियो । त्यस्तै न्याभ कमेन्डेबल सर्भिस टु नेप्लीज कम्युनिटीमा मोरल्याण्ड सिटी काउन्सिल, प्रविन कुमार, युनाईटिङ चर्च ग्लेनरोय, वुमेन्स सर्कस मेलबर्नलाई पनि सम्मान गरियो । त्यस्तै योंग एचिभर एवार्डतपर्ः अतुल श्रेष्ठ, प्रसन्न थपलिया, सुशान्त योन्जन, भेष्ना गिरीलाई न्याभ रेकग्नीसन एवार्ड प्रदान गरिएको थियो । खेलकुदमा मधु पोखरेल, राजश्री खनाल, यशवन्त सुवेदी र यति फुटबल क्लबलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा भिक्टोरियाकालागि अवैतनिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएनका पूर्वअध्यक्ष शेष घले, ग्रिन्स पार्टीकी सांसद सामन्था रत्नम भिक्टोरियन मल्टिकल्चरल कमिशनर सुन्दीराम शिवमलाई लगायत नेपाली समूदायका वरिष्ठ सदस्यहरुको सहभागिता थियो । उक्त अवसरमा विभिन्न कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुति पनि दिएका थिए । नयाँ कार्यसमितिलाई निर्वाचन आयोगका संयोजक निरज कारन्जितले सपथ दिलाएका थिए । सपथपछि बोल्दै अध्यक्ष तारा गैरेले समूदायको भावना अनुरुप आफुले संस्थालाई अगाडि बढाउने प्रतिबद्धता जनाए । यस्तै पूर्वअध्यक्ष डा. अनुपम पोखरेलले दुई वर्षको कार्यकालमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेका थिए । डा. पोखरेलको कार्यकालमा न्याभले भिक्टोरियाका विभिन्न सरकारी निकायहरुसँगको समन्वयका साथै उनीहरुबाट सामूदायिक अनुदान प्राप्तिमा उल्लेखनीय उपलब्धी हासिल गरेको थियो ।

(Visited 2,889 times, 1 visits today)

सम्बन्धित समाचारहरू

छठीमाईको आराधना
मेलबर्नमा भव्य बन्यो छठ पर्व, भिक्टोरियाका मन्त्रीले गरे हिन्दूत्वको प्रशंसा
दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
English