न्यायपालिकामा फेरि अर्को पहिरोको संकेत, मिश्रको प्रमाणपत्र पनि भारतको

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद तात्तातै रहेको बेला उहाँपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि ‘अर्गानिक’ नभई आयातीत देखिएको छ ।
यद्यपि जोशीको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधीशको अग्रपंक्तिमा आउनुभएका मिश्र पनि शैक्षिक प्रमाणपत्रकै विवादमा तानिने सम्भावना बढेको छ । उहाँले इन्टर मिडिएट तह र हाइस्कुल परीक्षा भारतबाट उत्तिर्ण गर्नुभएको छ । मिश्रले हाइस्कुल परीक्षा भारतको नवतनवाँ इन्टर कालेज, नवतनवाँ ९गोरखपुर० बाट १९६३ मा र इन्टरमीडिएट परीक्षा माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेशबाट १९७१ मा उत्तिर्ण गरेको प्रमाणपत्रमा उल्लेख छ ।
मिश्रले हाई स्कुल परीक्षामा कुल पाँच सय पूर्णाङकमा हिन्दी बिषयमा ४९, गणितमा ३६, विज्ञानमा ४० अंक प्राप्त गर्नुभएको शैक्षिक प्रमाणपत्रमा उल्लेख छ । सबै बिषय बिषयगत आधारमा कुल एक सय पूर्णाङकका हुन् ।
उहाँले हाइस्कुल परीक्षामा कुल पाँच सय अंकमध्ये दुई सय पाँच अंक प्राप्त गर्नुभएको छ । जुन प्रतिशतको आधारमा ४१ हुन आउँछ । हाइस्कुल परीक्षाको प्रमाणपत्रमा रोलक्रम संख्या २१३ र उत्तिर्ण श्रेणी तीन रहेको छ । – Nepal Samacharpatra

(Visited 1,811 times, 1 visits today)

सम्बन्धित समाचारहरू

नवप्रवेशीसँग प्रधानमन्त्रीको बोली- ‘गणेशमान र भट्टराई टिक्न नसकेको काँग्रेस छाडेर सही निर्णय गर्नुभो’
कुलमानको कमाल, विद्युत प्राधिकरणको चुहावट घट्यो, नाफा करोडौंमा, नयाँ परियोजना बन्दै
सरकार आर्थिक अराजकता समाप्त पार्ने दिशामा लागेको अर्थमन्त्रीको स्पष्टीकरण
नेपाल र बंगलादेशकाबीच ऊर्जा सहयोग आदानप्रदानको समझदारी, खुल्यो नयाँ बाटो
बिमस्टेक बैठकका लागि काठमाडौंको तार मिलाउने क्रम सुरु
एनआरएनलाई नेपाली नागरिकता दिने विधेयक संसदमा, यस्ता छन् प्रावधान (पूर्णपाठसहित)
चिप्लिएर खोलामा, दिदीको शव भेटियो, भाई बेपत्ता
न्यायपालिकामा फेरि अर्को पहिरोको संकेत, मिश्रको प्रमाणपत्र पनि भारतको
एनआरएनका कार्यकारी निर्देशक राणालाई पुनर्वहाली गर्न श्रम अदालतले पठायो पत्र
म्याग्दी जिल्लाका अधिकांश भूकम्प पीडितले लिएनन दोश्रो किस्ता, यस्तो छ कारण !
English