पत्रकार सम्मेलनमा पक्राउ परेको  गोरेले जब आफैं क्याप खोल्यो ! 

३३ किलो सुन तस्करी प्रकरणमा जेलिँदै ज्यान मार्ने अभियोगमा खोजी गरिएका गोरे भनिने चुडामणि उप्रेति पक्राउ परेका छन् । निजलाई आज एक पत्रकार सम्मेलन आयोजना गर्दै गृह मन्त्रालयको उच्चस्तरीय छानविन समितिले सार्वजनिक गर्ने क्रममा उनले अनौठो हर्कत देखाएका छन् । प्रहरीले उनको मुख छोपेर सार्वजनिक गर्न ल्याएपनि पत्रकारहरुले क्याप खोल्न भन्दा उनले पूरै मुख खोलेर अपशब्द समेत बोलेका थिए । निज चुणमणि उप्रेति काठमाडौंमा नै लुकेर बसेको भन्ने सुराकीका आधारमा प्रहरीले उनको घर क्षेत्रबाट पक्राउ गरेको गृह मन्त्रालयले जनाएको छ । यस घटनामा तीन जनाको ज्यान गएको छ भने प्रहरीको माथिल्लो तहका अधिकारी समेत पक्राउ परेका छन् । आज विहान करिब साँडे पाँच बजे उनलाई गौरीघाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गौरीघाटमा पक्राउ गरेको भनिएपनि उनलाई भारतमा पक्राउ गरेर नेपाल ल्याइएको सरकारी उच्च श्रोतले जनाएको छ । निजले भाग्न खोजेको अवस्थामा ईन्काउन्टर समेत हुने अवस्था थियो, श्रोतले भन्यो । तर, पक्राउ परेपछि अनुसन्धानमा सहयोग गरेका कारण निजलाई अब अदालतमा पेश गरिने भएको छ ।

(Visited 80 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English