पीआर बनाइदिने भन्दै अष्ट्रेलियन नागरिकसँग बिहे गराउने गिरोहका पाँच जना पक्राउ !

अष्ट्रेलियाको सिमाना सुरक्षा बलले एक ३२ वर्षीय भारतीय मूलको व्यक्तिसहित पाँच जनालाई स्थायी आवास भिसाका लागि अष्ट्रेलियन नागरिकसँग विवाह गराउने षडयन्त्र गरेको अभियोगमा पक्राउ गरेको छ । प्रहरीले लामो समयसम्म गरेको अनुसन्धानपछि यो गिरोहको पर्दाफास भएको हो । अष्ट्रेलियामा पीआर पाउनका लागि विवाह गराइदिने र यस वापत शुल्क लिने गरेको खुलेको छ । प्रहरीले यही गिरोहमार्फत पीआरका लागि नक्कली विवाह गर्ने १ सय ६४ विदेशीहरुको भिसा रद्द गरिदिएको छ । दक्षिण एशियाली देशहरुका आप्रवासीलाई लक्षित गरेर यस्तो गिरोह सञ्चालित थियो । यसको नेतृत्व भारतीय मूलका नागरिकले गरेका थिए । सीमा सुरक्षा बलका कार्यवाहक अनुसन्धान कमान्डर क्लीन्टन सिम्सका अनुसार यो गिरोहका मानिसहरुले विभिन्न कारणबाट समस्यामा परेका व्यक्तिहरुलाई अझ पीडित बनाउने र आर्थिक रुपमा ठगी गरिरहेका छन् । उनले अगाडि थपे, “यस्तो गिरोहको चंगुलमा परेका महिलाहरु विभिन्न दुव्र्यवहारको शिकार भएको देखिएको छ ।” सार्वजनिक मुद्दाका लागि कमनवेल्थ निर्देशकले ३२ वर्षीय निज भारतीय मूलका व्यक्तिलाई २ लाख १० हजार जरिवानाका साथै १० वर्ष जेल सजायको माग गर्दै मुद्दा दायर गरेको छ । अन्य बाँकी ४ जनालाई भने आप्रवासन ऐनमा मुद्दा चलाइनेछ । गृह मन्त्रालयले पार्टनर भिसाका लािग विभिन्न वैवाहिक अवस्थाको जाँचबुझका लागि विभिन्न उपायहरु अपनाउने योजना बनाएको छ । जसमा कागजपत्रहरुको गहिरो अध्ययन, अन्तर्वार्ताहरु, घरको भ्रमण र पार्टनरको स्पोन्सर गर्ने संख्याको अनुगमन लगायतका उपाय अपनाउने गरेको छ ।

(Visited 1,482 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री
भाईटीका लगाउनै नेपाल आइपुग्छन् विदेशी पर्यटक, अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका
English