प्रचण्ड एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्ष र ओली प्रधानमन्त्री हुनेगरी सहमति

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकिकृत पार्टीको अध्यक्ष बन्ने गरी छिट्टै पार्टी एकता गर्ने सहमति ओली–प्रचण्डबीच भएको छ।
सोमबार बिहान ललितपुर मानभवनस्थित माओवादी निकट व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा भएको ओली–प्रचण्डबीच २ घण्टा लामो वार्तामा प्रधानमन्त्रीका रुपमा ओलीले सरकारको र अध्यक्षका रुपमा प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो।
यो सहमतीलाई लामो समय लिएको एमाले माओवादी पार्टी एकता प्रक्रियामा निर्णायक कदम मानिएको छ। सहमती अनुसार सबै कुरा अगाडि बढेमा एक दुई दिनभित्र, संभवतः मंगलबार नै एकता सम्बन्धमा विशेष घोषणा गर्न दुई अध्यक्ष सहमत भएका छन्।
अति विश्वस्त स्रोतका अनुसार अधिकारी निवासमा ब्रेकफाष्टसहित भएको वार्तामा भोलि एकपटक फेरि ‘वन टु वन’ कुराकानी गर्ने र अन्य नेताहरुको व्यवस्थापन सहित सहमति गर्न बाँकी अन्य विषयलाई पनि टुङ्ग्याउने सहमति दुई नेताबीच भएको छ।
‘रातभरिमा अन्य कुनै कुराले प्रभाव पारेन भने भोलि विशेष घोषणामार्फत् एकता सम्बन्धी महत्वपूर्ण निर्णय गर्ने सहमति पनि दुई नेताबीच भएको छ’ स्रोतले भन्यो, ‘त्यसपछि पर्सि बस्ने एकता संयोजन समितिको बैठकले दुई नेताबीचको सहमतिलाई औपचारिकता दिनेछ।’यसैबीच एमाले नेता भीम रावलले ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको खुलाएका छन्।
स्रोतहरूका अनुसार पहिलो चरणमा ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्नेछन् भने दोस्रो चरणमा प्रचण्ड प्रधानमन्त्री र ओली अध्यक्ष बन्नेछन्। दुई दुई वर्षका लागि सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमती भएको जनाइएको छ।
निर्वाचनअघि एमाले र माओवादीबीच पार्टी एकता गर्ने घोषणा हुँदा नै पहिलो चरणमा ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष बन्ने भद्र सहमती भएको रिपोर्ट नेपालखबरले लेखेको थियो।निर्वाचनपछि फेरि एकीकृत पार्टीको अध्यक्षमा ओली र प्रचण्डबीच कुरा नमिल्दा एकता प्रक्रिया लम्बिएको विश्वास गरिएको थियो।

(Visited 192 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सरकारले ल्यायो नीति र कार्यक्रम, रोजगार सिर्जनादेखि उत्पादकत्व बृद्धिसम्मको प्रतिबद्धता
कमनवेल्थ गेम्समा अष्ट्रेलिया आएका २ सयभन्दा बढी खेलाडीबाट शरण माग, ५० बेपत्ता
ट्याक्सीमा चढ्दा बिल माग्नुस्, मिटरमा प्रिन्टर जडान नगरेका ट्याक्सीमाथि हुँदैछ कारवाही
चम्कियो नेपाली ठीटो, सन्दिपले लिए आईपीएलमा तीन विकेट
क्युवा विमान दुर्घटनामा मृत्यु भएका १०७ जनाको सम्झनामा दुई दिन राष्ट्रिय शोकको घोषणा
ह्यारी र मर्केलको विवाह सम्पन्न, विश्वभरबाट ६ सय विशिष्ट पाहुना सरिक
नेकपाको संसदीय दलको पहिलो बैठक, विकासमा जुट्न सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन
अष्ट्रेलियाको शिक्षा क्षेत्रमा पहुँच बढाउँदै नेपाली, सुरु भयो किङ्स फोर्ड ईन्टरनेशनल कलेज
जनतालाई धोका नदिने पार्टी बनाउने ‘प्रचण्ड’ को प्रतिबद्धता
हवाईजहाजमा दुईवटा पाईट हुन्छन्, कम्युनिष्ट पार्टीमा पनि अध्यक्ष त्यस्तै हो : ओली
English