फिल्मको शुटिंग जस्तो डनको चर्तिकला, हेलिकोप्टरमा जेलबाट फरार

जेलबाट सुरुङ खलेर कैदी भागेको त हामीले सुनेका छौं । तर, जेलबाट हेलिकोप्टरमा फरार भएको घटना भने अहिले सार्वजनिक भएको छ । फ्रान्सको पेरिसनजिकै रहेको जेलबाट कुख्यात गुण्डा नाइके रिदुअन फइद हेलिकप्टर चढेर भागेका छन्। अत्याधुनिक राइफलसहित हेलिकोप्टरमा आएका तीन जनाले उनलाई भाग्न सहयोग गरेको बताइएको छ । ती राइफलधारीले बम र फलाम काट्ने हतियारको प्रयोग गरी जेलको आगन्तुक कक्षबाट फइदलाई बाहिर निकालेर नजिकै रोकिएको हेलिकप्टरमा राखेर भगाउन सफल भएका थिए।
रोचक के छ भने ती बन्दुकधारीले व्यावसायिक उडान तालिम दिने हेलिकप्टरका पाइलटलाई बन्धक बनाएर ल्याएका थिए। जसले फइदलाई भगाउन सहयोग पुग्यो। जेलबाट फइदलाई बोकेर उडेको हेलिकप्टर नजिकैको गोनिसी क्षेत्रमा लगिएको थियो। र प्रहरीले त्यसलाई फेला पारेका छन्।
बिबिसीका अनुसार ४६ वर्षीय फइदलाई असफल डकैतीको मुद्दामा २५ वर्ष जेल सजाय तोकिएको थियो। जेल तोडेर उनी भागेको यो दोस्रो घटना हो। सन् २०१३ मा उनी चारजना गार्डलाई कब्जामा लिएर उनीहरूलाई मानवढाल बनाउँदै कैयौँ ढोकाहरू डाइनामाइट विस्फोट गराएर भागेका थिए।
त्यसबेला उत्तरी फ्रान्सको जेलमा पुर्‍याइएको आधा घण्टामै उनी भाग्न सफल गएका थिए र ६ हप्तासम्म फरार रहे। अहिले फइदको खोजीका लागि तीन हजार फ्रान्सेली प्रहरी परिचालित गरिएको एफएफपीले जनाएको छ। उनलाई पक्रन हरसम्भव उपाय भइरहेको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। फ्रान्सकी न्यायमन्त्रीले उक्त जेल तोडेको घटनालाई ‘शानदार’ भन्दै व्यापक तयारी गरेका कमाण्डोहरूको प्रयोग गरिएको हुनसक्ने बताइन्।
बन्धक बनाइएका पाइलटलाई पछि रिहा गरिएको थियो र आघातबाट पीडित पाइएकाले अस्पताल लगिएको थियो। हेलिकप्टरबाट ओर्लिएपछि फइद एउटा कारमा चढेर ए वान मोटरवेतर्फ अघि बढेको थियो। पछि उक्त कार जलेको अवस्थामा पेरिसको एउटा शपिङ सेन्टरको कार पार्किङमा फेला परेको थियो। सन् १९७२ मा जन्मिएका फइद प्यारिसको कुख्यात क्षेत्रमा हुर्किएका थिए। सन् १९९० को दशकमा फ्रान्सको राजधानीमा उनले सशस्त्र डकैती र फिरौती असुल गर्ने एउटा समूह सञ्चालन गरेका थिए। उनले आफ्नो जीवनशैली गुण्डा नाइके पात्र भएका हलिवूड सिनेमाबाट प्रेरित भएको बताउने गर्थे। अमेरिकी निर्माता माइकल म्यानका अपराधसम्बन्धी सनसनीपूर्ण चलचित्रबाट आफू प्रेरित भएको उनले बताउँथे। ब्याङ्क डकैतीको सीप सिक्न दर्जनौँ पटक चलचित्रहरू हेरेको उनले दाबी गरेका थिए। सन् २००९ मा उनले प्यारिसको आपराधिक घटना बढी हुने बाहिरी इलाकामा हुर्कँदाको अनुभव र कानून मिच्नेबारे आफ्नो सिकाइ सम्मिलित किताब प्रकाशमा ल्याएका थिए। सन् १९९८ मा ब्याङ्क डकैती र चोरीका एउटाभन्दा बढी अभियोगमा पक्राउ परेपछि फइद थुनामा पर्ने र जेलबाट भाग्ने क्रम निरन्तर चलिरहेको छ।
फ्रान्सको जेलबाट हेलिकप्टरमा भाग्ने उनी पहिलो बन्दी होइनन्। सन् २००१ मा तीनजना सशस्त्र डाँकाहरू दक्षिणी फ्रान्सको एउटा जेलबाट भागेका थिए।

(Visited 1,708 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English