बनारसमा बन्दाबन्दैको आकासे पुल भत्कियो, १८ जनाको मृत्यु

उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल मङ्गलबार भत्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति भग्नाबशेषमा फसेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको र उक्त घटना उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा भएको हो । भारतीय अधिकारीका अनुसार निर्माणाधीन आकासे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा मानवीय क्षति हुनपुगेको बताइएको छ ।
घटनास्थलमा केही गाडी र मानिसहरू भत्किएको पुलको संरचनाले थिचेको छ भने केही घाइतेको सङ्ख्या गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।
एक प्रहरी अधिकारीले घटनामा केही व्यक्तिको निधन भएको भएपनि उद्धार जारी रहेकाले मृतकको सङ्ख्या यकीन भैनसकेको बताए । थप जानकारी उद्धार सकिएपछि दिन सकिने उनले बताए । स्थानीय टेलीभिजन च्यानल एएनआईले पनि घटनामा १२ जनाको मृत्यु भएको र अन्य केही भग्नाबशेषमा फसेको जनाएको छ । मृतक तथा फसेका अधिकांश व्यक्ति श्रमिक, पैदलयात्रु र केही काम हेरिरहेका दर्शक परेका एक जना प्रत्यक्षदर्शीले बताए ।

(Visited 20 times, 1 visits today)

सम्बन्धित समाचारहरू

वेष्टमिनिष्टरमा सडक दुर्घटना गराउने शंकाको घेरामा, प्रतिआतंकवाद टोलीले छानविन गर्दै
विहान सबेरै बेलायती शहरमा भएको गोली काण्डमा १० जना घाइते
साउदी अरेबियाको आक्रमणमा यमनका २९ बालबालिकाको मृत्यु
उत्तर कोरिया र अमेरिका अझै वादप्रतिवादमा, प्रतिबन्ध फुकाउन कोरियाको माग
गर्भपतनको कानून पास गर्न सकेन अर्जेन्टिनाको सिनेटले !
चिलीकी पूर्व राष्ट्रपति मिसेल ब्यासेलेट राष्ट्रसंघीय मानव अधिकार प्रमुखमा नियुक्त
इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
गुगलले चीनका लागि बनाउन लागेको ड्रागनफ्लाई के हो बुझनुस् !
अमेरिकी चुनाव प्रभावित गर्न फेरि फेसबुकको प्रयोग !
सहपाठी मारिएपछि बंगलादेशको सडकमा हजारैं विद्यार्थीको प्रदर्शन
English