बम योञ्जनलाई भिक्टोरियन मल्टिकल्चरल एवार्ड २०१८, गभर्नर हाउसमा हस्तान्तरण

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बहुसंस्कृति मामिला हेर्ने भिक्टोरियन मल्टिकल्चरल कमिशनले नेपाली सामूदाियक क्षेत्रका अग्रणी बम योञ्जनलाई मल्टिकल्चरल एवार्ड फर एक्सीलेन्स प्रदान गरेको छ । बुधबार भिक्टोरिया राज्यकी गभर्नर लिन्डा डेस्यूको सरकारी निवासमा आयोजना गरिएको विशेष समारोहमा बहुसंस्कृति मन्त्री रविन स्कट समेतको उपस्थितिमा भिक्टोरियन मल्टिकल्चरल कमिशनको तर्फबाट उक्त एवार्ड योञ्जनलाइ प्रदान गरिएको थियो । योञ्ज्नले नेपाली समूदायको प्रबद्र्धन, बहुसांस्कृतिक समूदायमा सद्भाव र भाईचारा अभिबृद्धिका लागि खेलेको भूमिकाको मूल्यांकन गर्दै एवार्ड प्रदान गरिएको हो । एवार्डका लागि नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले योञ्जनको नाम सिफारिश गरेको थियो । एवार्ड पाएपछि प्रतिक्रिया दिँदै न्याभका पूर्वअध्यक्ष समेत रहेका योञ्जनले आफुमा थपजिम्मेवारी आएको महसूस भएको भन्दै अष्ट्रेलियामा नेपाली समूदायको श्रीबृद्धिमा सदैव लागिरहने प्रतिबद्धता जनाएका छन् । यस्तै एमएनटीभीसँग कुरा गर्दै नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरेले नेपाली समूदायको अगुवालाई भिक्टोरियाको प्रतिष्ठित सरकारी सम्मान प्राप्त हुनु गर्वको कुरा भएको बताए । उनले भने, “न्याभले उहाँको नाम सिफारिश गरेको हो । हामीजस्तै अन्य विभिन्न समूदायबाट पनि नामहरु आएका थिए । तर, हामीले यो एवार्ड जित्न सफल भयौं । एवार्ड विजेता पूर्वअध्यक्ष योञ्जनसहित हामी सबै भिक्टोरियावासी नेपालीलाई बधाई छ ।” नेपाली समूदायका अगुवा बम योन्जन हालैका दिनमा नेपालीको बाहुल्यता रहेका विभिन्न सिटी काउन्सिलहरुसँग सहकार्य गर्ने र यहाँको अष्ट्रेलियन राजनीतिमा नेपाली समूदायको पहुँच विस्तारमा सक्रिय छन् ।

(Visited 1,613 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अष्ट्रेलियाबाट ‘जर्नी टु नेपाल अभियान’ चलाउँदै दूतावास, बिहीबार सुरुवात गर्ने
मलेशियामा विषालु रक्सी सेवनबाट ६ नेपालीको मृत्यु, १७ बिरामी
सदस्यहरुलाई कार्ड वितरण गर्दै एनआरएन, पहिलो लटमा आए एक हजारको परिचयपत्र
मन्त्री र पूर्वमन्त्रीसँग सिड्नीमा अन्तरक्रिया, एउटा गाउँ बनाउने जिम्मा अष्ट्रेलिया बस्ने साथीहरुले लिनुस् : जनार्दन शर्मा
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय माग्दै सिड्नीमा ऐक्यबद्धता
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा खटिएका सबै प्रहरी निलम्बित
सिड्नीमा सुरु भयो पहिलो नलेज कन्फरेन्स, एनआरएनले देश विकासमा हातेमालो गर्ने
बम योञ्जनलाई भिक्टोरियन मल्टिकल्चरल एवार्ड २०१८, गभर्नर हाउसमा हस्तान्तरण
साफ च्याम्पियनशीप जित्ने नेपालको सपना माल्दिभ्सले ध्वस्त बनायो, तीन शून्यले पराजित
सिड्नीमा नेपाल फेष्टिभलको तयारी, एनआरएनले बनायो २८ उपसमिति
English