बिमस्टेक बैठकका लागि काठमाडौंको तार मिलाउने क्रम सुरु

काठमाडौँ महानगरपालिकाले सडक छेउमा अव्यवस्थित रूपमा छरिएर रहेका तार व्यवस्थापन गर्न थालेको छ । आगामी भदौ १४ र १५ गते काठमाडौँमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० शिखर सम्मेलनका लागि शहरलाई सुन्दर बनाउन पछिल्लो समय कामपाले उक्त कार्यलाई तीव्रता दिएको हो । अव्यवस्थित रूपमा विभिन्न निकायले राखेका तारले शहरको सौन्दर्य बिगारेको छ, त्यसैले ती सबै तार हटाउन लागिएको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार विभिन्न निकायले यत्रतत्र तार छरेर शहरलाई कुरुप बनाएका थिए, अब ती सबै हटाइन्छ र व्यवस्थित रूपमा टाँगिएको तार मात्र राखिने गरी काम अघि बढिरहेको छ । पुतलीसडक, प्रदर्शनीमार्ग, लौनचौर, सोल्टी होटल जाने बाटो, राष्ट्रपति कार्यालय वरपरका स्थानका तार व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको छ । कामपाले यो काम गत मंसिरबाटै शुरु गरेको हो तर अहिले विषेश चासोका साथ हेरिएको हो । अहिलेसम्ममा मिनी टाटाको ६५ टिप तार जम्मा भइसकेको छ । सङकलित तारमा सबैभन्दा बढी इन्टरनेट केबल सेवा प्रदायकका तार र टेलिफोनका तार छन् । सुरक्षाको दृष्टिले जोखिम बनेका, भुइँमा लतारिएका, प्रयोग नगरिएका तारले थप समस्या निम्त्याउने भएकाले तिनको व्यवस्थापन गर्नु अत्यावश्यक भएको र शहर सुन्दर देखाउनका लागि व्यवस्थापनको काम अघि बढाइएको बताइएको छ । धुलो सङ्कलन गर्ने, गैरकानूनी रूपले फोहर फाल्नेलाई निगरानी गर्ने, सडक विस्तारका क्रममा छरपष्ट भएका तार बटुल्ने, अव्यवस्थित तार आफैँ काट्ने वा सम्बन्धित निकायले काटेका तार व्यवस्थापन गर्ने कार्य विभागको नियमित काम भएको छ । साथै सडकको बीचमा रहेको खम्बा र आसपासमा भएका जीर्ण रुखका हाँगा हटाउने काममा पनि कामपाको ध्यान जान थालेको छ । यस किसिमको समस्या विशषेगरी म्हेपी क्षेत्रको सडकमा रहेको छ । वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालका अनुसार धेरैजसो बिजुलीको खम्बाका टेलिफोनको तार काटिएको छ, यो अत्यन्तै जोखिमपूर्ण हुनुका साथै शहरको सुन्दरता बिगार्ने एउटा प्रमुख तत्व पनि भएकाले राजधानीको सडकमा कसैको ज्यान जोखिममा नपार्न र सुरक्षाको अनुभूति नागरिकले गर्न पाउने गरी काम गर्ने र तार व्यवस्थापनको कामसँगै महानगरले राष्ट्रिय सभागृहको वरपर अन्य सरसफाइको काम पनि गरिरहेको छ । सन् १९९७ मा स्थापना भएको बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्यान्ड, भुटान र श्रीलंका सदस्य राष्ट्र छन् । सन् २००४ मा नेपालले बिम्स्टेकको सदस्यता पाएको हो । बिम्स्टेकको यसअघिको सम्मेलन सन् २००४ मा थाइल्यान्डमा, दोस्रो सन् २००८ मा भारत र तेस्रो सन् २०१४ मा म्यानमारमा भएको थियो ।

(Visited 1,487 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दशैंको आठौं दिन महाअष्टमी, कालरात्रीको पूजा गरी शक्तिको उपासना गरिँदै
आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
एउटा युगको साक्षी बनेका काँग्रेस नेता चक्र बास्तोलाको निधन
गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने
योगेश भट्टराईलाई मन्त्री बनाउने योजनामा प्रचण्ड, यही सरकार ५ वर्ष
नेकपामा नेता बामदेव चर्चामा, खरेलले पुस्तकमा पछारे, पोखरेलले बैठकमै लछारे
शेखर कोइरालाले भने, विपक्षीको भूमिकामा पनि काँग्रेस कमजोर
स्वर्गीय राजा वीरेन्द्र परिवारको नाममा ८७ अर्ब सम्पत्ति भेटियो, अझै खोजी जारी
अमेरिका भ्रमणको उपलब्धी विमानस्थलमा यसरी सुनाए प्रधानमन्त्रीले
English