‘बेटी बचाऔँ, बेटी पढाऔँ’ छोरी जन्मे १० हजार भत्ता २० वर्षसम्म

राम्रो काम सरकारले नै गर्नुपर्छ भन्ने छैन । एउटा गाउँपालिकाले पनि यस्तो सुरुवात गर्नसक्छ । यही हो विशेषता गणतन्त्र नेपालको । स्थानीय निकायमा अधिकार प्रत्याभूति गरिएपछि यतिबेला राम्रो कामको सुरुवात गरेर चर्चा पाएको छ कलैयाको प्रसौनी गाउँपालिकाले । जसले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ ।
गाउँपालिकाको आजको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने तथा गर्भवतीका हकमा दुई पोका नुुन र रु एक हजारका दरले मासिक भत्तासमेत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले जानकारी दिनुभयो ।
छोरीलाई शिक्षामा सहज पहुँचका लागि अभियानको थालनी गरिएको उपाध्यक्ष गीता साहले बताउनुभयो । उमेर नपुगेका छोरीहरूलाई विवाह गर्ने चलनका कारण धेरैको अकालमै ज्यान जाने गरेको हुँदा अभिभावकलाई पनि गाउँपालिकाले कम्तीमा पनि २० वर्ष उमेर पुगेपछि विवाह गराउन सुझाव दिएको छ । गाउँपालिकाको सो निर्णयलाई स्थानीयवासीले स्वागत गरेका छन् ।

(Visited 32 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अष्ट्रेलियाबाट ‘जर्नी टु नेपाल अभियान’ चलाउँदै दूतावास, बिहीबार सुरुवात गर्ने
मलेशियामा विषालु रक्सी सेवनबाट ६ नेपालीको मृत्यु, १७ बिरामी
सदस्यहरुलाई कार्ड वितरण गर्दै एनआरएन, पहिलो लटमा आए एक हजारको परिचयपत्र
मन्त्री र पूर्वमन्त्रीसँग सिड्नीमा अन्तरक्रिया, एउटा गाउँ बनाउने जिम्मा अष्ट्रेलिया बस्ने साथीहरुले लिनुस् : जनार्दन शर्मा
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय माग्दै सिड्नीमा ऐक्यबद्धता
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा खटिएका सबै प्रहरी निलम्बित
सिड्नीमा सुरु भयो पहिलो नलेज कन्फरेन्स, एनआरएनले देश विकासमा हातेमालो गर्ने
बम योञ्जनलाई भिक्टोरियन मल्टिकल्चरल एवार्ड २०१८, गभर्नर हाउसमा हस्तान्तरण
साफ च्याम्पियनशीप जित्ने नेपालको सपना माल्दिभ्सले ध्वस्त बनायो, तीन शून्यले पराजित
सिड्नीमा नेपाल फेष्टिभलको तयारी, एनआरएनले बनायो २८ उपसमिति
English