ब्रिसबेनमा नेपाल फेष्टिभलको तयारी तिव्र, एविसी ग्लोबल बन्यो ईभेन्ट पार्टनर

एनआरएन अष्ट्रेलियाले हजारौंको सहभागितामा आयोजना गर्ने नेपाल फेष्टिभलको ब्रिसबेन संस्करण आगामी नोभेम्बर १७ तारिखका दिन ब्रिसबेनमा हुने भएको छ । नेपाली खाना, नेपाली पर्यटन प्रबद्र्धनका साथै क्वीन्सल्याण्डको बहुसांस्कृतिक समाजमा नेपालीको उपस्थिति देखाउने महत्वपूर्ण माध्यम बन्दै आएको नेपाल फेष्टिभललाई यस पटक भने एविसी ग्लोबलले ईभेन्ट पार्टनरको रुपमा साथ दिने भएको छ । यसै साता एविसी ग्लोबलका अभिमानसिंह बस्नेत र एनआरएन अष्ट्रेलियाको तर्फबाट उपाध्यक्ष सन्तोष कुँवरले एक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यससँगै नेपाल फेष्टिभल ब्रिसबेनका लागि अन्य प्रायोजकसँग सम्झौताको क्रम पनि अघि बढेको छ । एमएनटीभीसँग कुरा गर्दै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं क्वीन्सल्याण्ड संयोजक सन्तोष कुँवरले विगतमा भन्दा अझ भव्य रुपमा नेपाल फेष्टिभललाई सफल बनाउन आफुहरु लागिरहेको बताए । उनले नेपाल फेष्टिभलमा २० वटा स्टल रहने जानकारी दिँदै तिमध्ये ४ वटा खानाको स्टल हुने पनि बताए । नेपाल प्रबद्र्धन गर्ने विभिन्न हस्तकला, काष्ठकला र प्रस्तर कलाका सामग्रीहरुको स्टलहरुलाई ५० प्रतिशत छुट दिइने नीति लिएको उनको भनाई छ । हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल महोत्सव यस पटक पनि ब्रिसबेनको मुटु किङ जर्ज स्क्वायरमा गरिनेछ ।

(Visited 987 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
अष्ट्रेलियाबासी थारुले माघी पर्व भब्य रुपमा मनाउने तयारी
सिड्नीमा जनसम्पर्क समितिको शुभकामना, मैत्रीपूर्ण फुटबल पनि सम्पन्न
दारी ग्याङ अष्ट्रेलियाको परोपकारी देउसी भैलो, आपतकालीन कोष बनाउने
मेलबर्नमा सुरु भयो नेप्कम्सको सेवा, महावाणिज्यदूत चन्द्र योन्जनले गरे सुरुवात
आगामी डिसेम्बर १५ तारिखमा मेलबर्नमा नेपाल फेष्टिभल हुँदै, दशौं वर्षगाँठको उल्लास पनि थपिने
लक्ष्मी जयन्तीको अवसरमा मेलबर्नमा साहित्य संगीत जमघट
पीआर बनाइदिने भन्दै अष्ट्रेलियन नागरिकसँग बिहे गराउने गिरोहका पाँच जना पक्राउ !
क्रेगीबर्न नेप्लीज कम्युनिटीमा माधव पौडेल बने नयाँ अध्यक्ष
वेकहस्र्ट पार्कवे सिड्नी : अष्ट्रेलियाको डरलाग्दो भूताहा सडक, यस्तो छ वास्तविकता
English