भव्य बन्यो मेलबर्नमा नेपाल विजनेस एण्ड टुरिजम प्रमोसन नाईट २०१८ (भिडियोसहित)

अष्ट्रेलियाको मेलबर्नमा नेपाल विजनेस एण्ड टुरिजम प्रमोसन नाईट २०१८ सम्पन्न भएको छ । भिक्टोरियाको व्यवस्थापिका परिषद्का अध्यक्ष ब्रुस एटकिन्सनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अष्ट्रेलिया नेपाल संसदीय समितिका संयोजक एवं सांसद पिटर खलिल, अन्य मन्त्री तथा अष्ट्रेलियन सरकारी अधिकारीहरु उपस्थित थिए । यस्तै ट्राभल एजेन्ट, टूर अपरेटरहरु र भिक्टोरियामा रहेको नेपाली समूदायका अगुवाहरु पनि कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एटकिन्सनले नेपाल पर्यटन प्रबद्र्धन साँझमा नियमित उपस्थित हुन पाउनु आफ्नो लागि खुशीको कुरा भएको बताए । उनले विजनेस फोरमको सुरुवातले दुई देशबीच व्यापारिक तहमा समेत साझेदारी बढ्ने आफ्नो अपेक्षा रहेको पनि बताए । कार्यक्रमको सुरुवात दुई देशको राष्ट्रिय गानबाट गरिएको थियो भने कार्यक्रमस्थलमा नेपालका विभिन्न कला, संस्कृति झल्कने झाँकीका साथै चित्रकला प्रदर्शनी गरिएको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका अधिकृत लक्ष्मण गौतमले भिजिट नेपाल २०२० को बारेमा विशेष प्रस्तुति दिएका थिए । नेपालमा आगामी २०२० भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ आयोजना गरिएको पर्यटन वर्षमा अष्ट्रेलियाबाट पनि पर्यटकको संख्या बृद्धि हुने अपेक्षा उनको थियो । अहिले प्रतिवर्ष ३३ हजारको हराहारीमा पर्यटकहरु नेपाल जाने गरेका छन् । नेपाल र अष्ट्रेलियाबीच निकट भविष्यमा नै राष्ट्रिय ध्वजावाहकले आफ्नो सेवा प्रारम्भ गर्ने तयारी थालेको छ । कार्यक्रमलाई आयोजकको तर्फबाट नेपाली राजदूत लक्की शेर्पा र भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले सम्बोधन गरेका थिए । नेपाल प्रबद्र्धन गर्ने यस्तै कार्यक्रम अन्इ राज्यहरुमा पनि गर्दै जाने उक्त अवसरमा राजदूत शेर्पाले बताइने् । यस्तै भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले चिसो मेलबर्नमा न्यानो स्वागत गर्न पाउँदा निकै खुशी लागेको धारणा व्यक्त गरे । कार्यक्रममा सहभागी हुन एनआरएन आईसीसी अध्यक्ष भवन भट्ट, एन्आरएन ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारी, न्याभका अध्यक्ष डा. अनुपम पोखरेल, एनआरएनका पदाधिकारीहरुका साथै अन्य स्थानीय नेपाली संघसंस्थाका प्रतिनििध उपस्थित थिए ।

Watch Video :

(Visited 53 times, 1 visits today)

सम्बन्धित समाचारहरू

आगामी शुक्रबार नेपाल एयरलाईन्सको वाइड बढी विमान मकालु आइपुग्ने
डाक्टर गोविन्द केसीको समर्थनमा जुलुस, निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरमा झडप
बलात्कारको मुद्दामा मेलबर्नका एक नेपाली युवालाई ६ वर्ष जेल सजाय
डाक्टर गोविन्द केसीको समर्थनमा अष्ट्रेलियाका विभिन्न शहरमा ऐक्यबद्धता
डा गोविन्द केसी काठमाडौं आउन तयार, सरकारसँग वार्ता हुने !
गुगललाई पनि लाग्यो सिन्डीकेटको आरोप, ५ खर्ब बढी जरिवाना, एन्ड्रोईडलाई पनि धक्का
अनसन बसेका डाक्टर केसीलाई किन अपहरण गर्न खोज्दछ सरकार ?
हुन्डी भन्दै झुलाउने क्रम बढ्दो, एनआरएन भिक्टोरियाको हस्तक्षेपपछि पीडितको रकम फिर्ता फिर्ता
सुन तस्करीको भुरा माछा, मुखमा सुन लुकाएर ल्याउने भारतीय पक्राउ
फिल्मको शुटिंग जस्तो डनको चर्तिकला, हेलिकोप्टरमा जेलबाट फरार
English