भूकम्पले बन्द भएको तातोपानी नाका अवलोकनमा दुई देशका अधिकारीहरु

विसं २०७२ को भूकम्पबाट ध्वस्त सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडकखण्ड र झिर्पुमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको चिनियाँ अधिकारीद्वारा आइतबार अवलोकन गरेका छन् । त्यसैगरी नेपाली अधिकारीले पनि सोमबार तिब्बतको खासा क्षेत्रको अवलोकन गरेका छन् ।
चिनियाँ पक्षका तर्फबाट तिब्बत स्वशासित प्रदेशका भाइस सेक्रेटरी जनरल छुन–लिले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलमा विभिन्न विभागका १२ जना अधिकारीको सहभागिता थियो । त्यसैगरी खासा क्षेत्रको अवलोकन गर्न नेपाल सरकारका तर्फबाट गृह, अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि मन्त्रालय तथा भन्सार विभाग समेतका १२ जना अधिकारीको सहभागिता थियो ।
नेपालको बाह्रबिसे–तातोपानी सडकखण्ड र सुख्खा बन्दरगाहको चिनियाँ पक्षद्वारा अवलोकन भएको उल्लेख गर्दै सिन्धुपाल्चोकका निमित्त प्रजिअ दुर्गा बञ्जाडेले बताउनुभयो । यो हाम्रो अवलोकन भ्रमण मात्र भएकाले बन्द नाका खुलाउने काम कहिलेबाट शुरु हुन्छ भन्ने दुबै देशको सरकारबीचको कुरा भएको निमित्त प्रजिअ बञ्जाडेले बताउनुभयो । बन्द नाका खुलाउन नेपाली पक्षबाट विभिन्न प्रयास भए पनि सफल हुन नसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनाअघि गर्नुभएको चीन भ्रमणका अवसरमा भूकम्पपछि बन्द तातोपानी नाका खुलाउन दुबै देशका सरकार प्रमुखबीच सहमति भएको थियो । यसैबीच भूकम्पबाट ध्वस्त तातोपानी नाकाको संरचना निर्माण, अस्पतालको पुनः निर्माण र दोलखाको जिरी प्राविधिक विद्यालयको पुनः निर्माणका लागि चीन सरकारले उपलब्ध गराउने आर्थिक सहयोगसम्बन्धी सम्झौतापत्रमा दुई बिलियन युआन ९करीब ५० अर्ब रुपैयाँ० गत चैत महिनामा दुबै देशबीच हस्ताक्षर भएको थियो ।

(Visited 795 times, 1 visits today)

सम्बन्धित समाचारहरू

प्रचण्ड बिहीबार भारत जाने, चीनको पनि भ्रमण गर्ने, गरे सरकारका मन्त्रीको फेदरबदल संकेत
भूकम्पले बन्द भएको तातोपानी नाका अवलोकनमा दुई देशका अधिकारीहरु
यस्तो भयो नेपालमा गरिएको बिमस्टेकको पहिलो सम्मेलनको उद्घाटन
सभामुख महराको अध्यापन जीवनको अनुभव यस्तो छ, महरा सर भन्दा गमक्क
संसदमा आयो हवाई महासन्धि, अब दुर्घटनामा ज्यान गुमे एक करोड २४ लाख
जनतालाई केन्द्रमा राखेर काम गरेमात्र देशले सम्बृद्धि पाउने
नारा जुलुसमा हैन विकास निर्माणमा लाग्न प्रधानमन्त्रीको सुझाव
प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
सरकारलाई पाँच महिनामै घेराबन्दी गर्न खोजेको प्रचण्डको आरोप
प्रेस अर्गनाईजेशन नेपाल बनाउँदै एमाले र माओवादी समर्थित पत्रकार
English