मकालुको विमान दुर्घटना, चालक दलका दुबै सदस्यको निधन

सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान आज बिहान दुर्घटना हँुदा चालक दलका दुबै सदस्यको मृत्यु भएको छ । उक्त कार्गाे जहाजमा रहेका चालक दलका सदस्यद्वय क्याप्टन किरण भट्टराई र आदित्य नेपाली दुबै मृत अवस्थामा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । मकालु एअरको 9N–AJU C208B (Cssana) एकल इन्जिनयुक्त वायुयान सिमिकोट विमानस्थलबाट ७ दशमलब ७ नटिकल माइल दक्षिण–पूर्व खार्पुनाथ गाउँपालिकामा सिमिकोट पास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । उक्त विमान सुर्खेत विमानस्थलबाट बिहान ६ः१२ बजे सिमिकोट विमानस्थलका लागि उडेकोमा ६ः२७ मा नेपालगञ्ज टावरसँग अन्तिम सम्पर्क भएपछि सम्पर्कविहीन भई हराएको थियो ।

(Visited 23 times, 1 visits today)

सम्बन्धित समाचारहरू

आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
एउटा युगको साक्षी बनेका काँग्रेस नेता चक्र बास्तोलाको निधन
गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने
योगेश भट्टराईलाई मन्त्री बनाउने योजनामा प्रचण्ड, यही सरकार ५ वर्ष
नेकपामा नेता बामदेव चर्चामा, खरेलले पुस्तकमा पछारे, पोखरेलले बैठकमै लछारे
शेखर कोइरालाले भने, विपक्षीको भूमिकामा पनि काँग्रेस कमजोर
स्वर्गीय राजा वीरेन्द्र परिवारको नाममा ८७ अर्ब सम्पत्ति भेटियो, अझै खोजी जारी
अमेरिका भ्रमणको उपलब्धी विमानस्थलमा यसरी सुनाए प्रधानमन्त्रीले
कञ्चनपुरमा नेविसंघको आन्दोलन, निर्मला पन्तको हत्यारा पक्राउ गर्न ढिलाई गरेको आरोप
English