मदन भण्डारीलाई सम्झदै प्रवासी नेपाली मञ्च भिक्टोरियाले रक्तदान गर्ने

नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको भिक्टोरिया च्याप्टरले आगामी मे १९ तारिखका दिन मेलबर्नमा रक्तदान कार्यक्रम गर्ने भएको छ । आफ्ना नेता मदन भण्डारी र जीवराज आश्रितको स्मरण गर्दै उनीहरुले रक्तदान कार्यक्रम गर्न लागेका हुन् ।

bloodbag 0001

प्रवासी नेपाली मञ्च भिक्टोरयाका संयोजक उत्तम अधिकारीले १९ मे शनिबारका दिन दिउँसो २ बजेदेखि सिटीमा रहेको नेपाल रेडक्रसको केन्द्रमा रक्तदान गर्ने बताए । उनले २५ जना बढी दाताहरुले रक्तदान गर्नका लागि आफ्नो नाम दिइसकेको र यो क्रम जारी रहेको पनि जानकारी दिए । गैरआवासीय नेपाली संघको निर्वाचनपछि सुस्ताएको प्रवासी नेपाली मञ्च भिक्टोरियाले आगामी दिनमा अझ सक्रियतापूर्वक विविध कार्यक्रम गर्ने तयारी गरेको पनि अधिकारीको भनाई छ । उनले भने, “रक्तदान गरेर आफुलाई केही हुँदैन, तर अरु कसैको जीवन बचाउन सकिन्छ भन्ने सन्देश दिनका लागि पनि हामीले सुरुवातमा यो काम गर्न खोजेका हौं । नेपाली समूदायका अन्य विविध मुद्दाहरुमा पनि अब ओएनएफ भिक्टोरिया अग्रपंक्तिमा रहनेछ ।” जेठ २ गते मदन भण्डारी र जीवराज आश्रितको दुर्घटनामा मृत्यु भएको दिनलाई स्मृति दिवसका रुपमा मनाइने गरिन्छ । यससँगै ओएनएफ भिक्टोरियाले नेपालमा गणतन्त्र स्थापना भएको दिनको खुशीयाली पनि यसैसँग साट्ने गरी रक्तदान कार्यक्रम गर्न लागेको हो ।

(Visited 1,783 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English