मध्यपुरका मेयरमाथि आक्रमण गर्ने विप्लवका बोगटी पक्राउ

मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

ghosts hand

मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गत वैशाख ८ गते मध्यपुर थिमि नपाका नगरप्रमुख श्रेष्ठलाई सांघातिक आक्रमण गरी घाइते बनाउने मुख्य योजनाकार नेकपा बिप्लव समूहका कार्यकर्तामध्येका मुख्य योजनाकार बोगटी पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले कालीकोट रुप्सा–५ घर भई हाल भक्तपुर सल्लाघारीमा बस्दै आएका वर्ष ३० का बोगटीलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी बोगटीसँगै प्रहरीले दुई थान मोटरसाइकल, पाँच थान मोबाइल, १३ थान सिमकार्ड, पार्टीका विभिन्न पर्चा, पम्प्लेट तथा चन्दा रसिद बरामद गरेको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

(Visited 5 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरी गर्भवति बनाउनेको रोल्पामा खोजी
पत्रकार सम्मेलनमा पक्राउ परेको  गोरेले जब आफैं क्याप खोल्यो ! 
लुट चलचित्रका निर्माता वाग्लेसहित ६ जना नक्कली नोटको कारोबारमा पक्राउ
मध्यपुरका मेयरमाथि आक्रमण गर्ने विप्लवका बोगटी पक्राउ
रमण श्रेष्ठ, शम्भु थापा लगायलते सुन तस्करको बचाउ गर्दै अदालतमा बहस गर्ने
धर्मगुरु भनिने श्रीनिवसमाथि मुद्दा दर्ता, १० दिनको म्याद थपियो
नेपाल प्रहरीलाई सफलता, आफैंलाई गोली हान्न लगाउने श्रीनिवासाचार्य पक्राउ
काठमाडौंका विभिन्न ठाउँबाट बरामद २५ हजार लिटर रक्सी नष्ट गरियो
सकियो ३३ किलो सुन तस्करी काण्ड र यसको सेरोफेरोका अपराधबारेको अनुसन्धान, आज मुद्दा दायर हुने
म्याग्दीमा ६८ वर्षीय धनबहादुर पुनले गरे बालिका बलात्कार, बृद्ध पक्राउ
English