मन्त्री स्थापित बर्खास्त, अमर्यादित, अशिष्ट अभद्र व्यवहारको आरोप

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई शुक्रबार पदबट बर्खास्त गरेका छन् । स्थापितले कार्यसम्पादन गर्दै आएको मन्त्रालयको जिम्मेवारी मुख्य मन्त्री पौडेल आफैंले राखेका छन् । स्थापित प्रदेश मन्त्रिपरिषदमा दोस्रो बरियताका थिए ।


मन्त्रिमण्डलमा जहिल्यै अमर्यादित, अभद्र र अशिष्ट व्यवहार गर्ने तर पदीय जिम्मेवारी भने बहान नगर्ने भएकाले बर्खास्त गर्नु परेको पौडेलको भनाइ छ ।
२०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचितपछि चर्चामा आएका स्थापित मन्त्रिपरिषद्मा वरिष्ठ मन्त्री भएर पनि जिम्मेवारीमा जहिल्यै लापरबाहीपूर्ण कार्य गरेको पौडेलको आरोप छ । उनले मुख्यमन्त्रीलाई पटकपटक अपमानसमेत गरेको आरोप लाग्दै आएको थियो ।
गत कार्तिक १४ गते बुधबारकाृे मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको विचार व्यक्त गरेसँगै स्थापित अभद्र रुपमा पौडेलमाथि खनिएका थिए ।
स्थापितको व्यवहारपछि मुख्यमन्त्री अत्यन्त आक्रोशित भएका थिए । त्यसपछि स्थापितलाई मन्त्रीबाट हटाउने विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुमति लिन उनी त्रिवि शिक्षण अस्पतालको शैयामै पुगे । त्यहाँ मुख्यमन्त्री पौडेलले प्रधानमन्त्रीसित बिहीबार र शुक्रबार गरी २ पटक भेटेर स्थापितको बर्खास्तीका लागि सहमति लिएका हुन् ।

(Visited 947 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री
भाईटीका लगाउनै नेपाल आइपुग्छन् विदेशी पर्यटक, अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका
English