महिला फुटबल लिगको उपाधि एपिएफलाई, प्रहरी बन्यो उपविजेता

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत सोह्रौँ राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । एपिएफको जीतमा सावित्रा भण्डारीले दुई गोल गरिन् । सावित्रीले १७ औँ र ७५औँ मिनेटमा दुई तथा सरु लिम्बूले १९ औँ मिनेटमा एक गोल गरे । चौँतीसौँ मिनेटमा पुलिसकी नीरु थापाले गोल गरेकी थिइन् । सुपर लिगमा सबै तीन खेल जित्दै एपिएफ ९ अंक जोडेर च्याम्पियन बनेको हो ।
एपिएफले सोमबार आर्मी र मंगलबार सुदूरपश्चिमललाई जितेको थियो । यस्तै सुपर लिगमा दुई खेल जितेको आर्मी दोस्रो तथा एक खेल जितेको पुलिस तेस्रो भए । सुदूरपश्चिमले भने सुपर लिगमा कुनै खेल जित्न सकेन । समूह चरणमा एपिएफले पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र आर्मीलाई पराजित गरेको थियो । च्याम्पियन एपिएफले रु दुई लाख ट्रपी र पदक, उपविजेता आर्मीले रु एक लाख तथा तेस्रो पुलिसले रु ५० हजार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत एपिएफकी एन्जिल तुम्बापो उत्कृष्ट गोलरक्षक, सावित्रा उत्कृष्ट फरवार्ड तथा जनक सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै आर्मीका अञ्जली वाइबा उत्कृष्ट डिफेण्डर तथा दीपा राई उत्कृष्ट मिडफिल्डर चुनिए । व्यक्तिगततर्फ उत्कृष्ट हुनेले जनही रु २५ हजार प्राप्त गरे । विजेता तथा उपविजेता टोलीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यही पुस १६ गतेदेखि शुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र तथा विभागीय गरी आठ टोलीको सहभागिता थियो ।

(Visited 22 times, 1 visits today)

सम्बन्धित समाचारहरू

२ गोल अन्तरले क्रोयसियालाईं हराउँदै फ्रान्स विश्वकप उपाधि चुम्न सफल
आज विश्वकपको फाईनल भिडन्त, बेल्जियम बन्यो तेश्रो, उपाधि उछिट्याउँदै फ्रान्स र क्रोयसिया
फ्रान्स पुग्यो फाईनलमा, बेल्जियमका लुकाकुको कमजोर प्रदर्शन, टिम सन्तुलन मिलेन
विश्वकप २०१८, फ्रान्स र बेल्जियम पुगे टप ४ मा, ब्राजिल र उरुग्वे भए आउट
कसले जित्ला विश्वकप ? फुटबलको महासंग्राममा क्वार्टरफाईनलका खेल शुक्रबारबाट
पेनाल्टीले गर्दा अर्जेन्टिना पराजित, फ्रान्सलाई पछ्याउँदा पछ्याउँदै सकियो समय !
हारेर पनि जित्यो जपानले, दोश्रो चरणमा पुग्ने एकमात्र एशियाली राष्ट्र बन्यो !
अघिल्लो पटकका च्याम्पियन जर्मन पराजित, विश्वकपको विजेतालाई हराएर कीर्तिमान राख्यो कोरियाले (watch video)
नाईजेरियालाई पराजित गर्दै अर्जेन्टिना दोश्रो चरणमा, अब फ्रान्ससँग भिडन्त शनिबार
जन्मदिनमा मेस्सीले दिए खुशीको खबर, विश्वकप जितेर मात्रै सन्यास !
English