माओवादीका मन्त्रीहरु देउवा सरकारबाट बाहिर, देउवालाई सत्ता छोड्न ढिला गरेको आरोप

नेकपा (माओवादी केन्द्र) औपचारिकरुपमा आजदेखि शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री देउवासँग भेट गरी विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षरसहितको पत्र बुझाएर सरकार छाडेको जानकारी गराउनुभएको हो ।


निर्वाचनको सुनिश्चितताका लागि भन्दै विनाविभागीय हैसियतमा माओवादी केन्द्रका तर्फबाट उपप्रधानमन्त्रीसहित नौ जना मन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी थिए ।
विनाविभागीय मन्त्री पोखरेलले पार्टी अध्यक्षकोतर्फबाट हस्ताक्षरित पत्र बुझाएर आफूहरु औपचारिकरुपमा सरकारबाट बाहिरिएको जानकारी दिनुभयो । आफूहरु सरकारमा रहिरहनु औचित्यपूर्ण नदेखिएकाले आजैदेखि माओवादी केन्द्र र नेकपा९संयुक्त० सम्बद्ध मन्त्रीलाई फिर्ता बोलाइ सरकारमा नरहेको जानकारी गराएको पत्रमा उल्लेख छ । माओवादी केन्द्रले सरकारबाट नयाँ जनादेशअनुसार सत्ता हस्तान्तरणमा सहजीकरणको लोकतान्त्रिक भूमिकाको समेत अपेक्षा गरेको छ । गत असोज १७ गते नेकपा९एमाले०सँग वाम गठबन्धनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहकार्य गरेको, पार्टी एकताको प्रक्रियासमेत शुरु भएको अध्यक्ष दाहालको पत्रमा उल्लेख छ । वाम गठबन्धन र एकताको प्रक्रियाले निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय कार्यभारमा बाधा नपुगोस् भनेर आफूहरु सरकारमा बसिरहेको जानकारी दिँदै माओवादी केन्द्रले संघीय संरचनाअनुसार तीनवटै तहको निर्वाचन सम्पन्न भइसकेको भन्दै सो कार्य सफलतापूर्वक सम्पन्न गराएकामा प्रधानमन्त्री देउवालाई धन्यवादसमेत दिएको छ ।

(Visited 66 times, 1 visits today)

सम्बन्धित समाचारहरू

चितवन पुगेर प्रचण्डले भने- हामीलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लाग्यो
माओको देशमा ओली, नेपाल कम्युनिष्ट आन्दोलनबाट विश्वले सिक्नसक्ने प्रधानमन्त्रीको भनाई
चीनसँग आठवटा नाका खोल्ने सहमति हुँदै, हस्ताक्षर प्रधानमन्त्रीको भ्रमणमा
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली र प्रचडले दिए कार्यकर्तालाई लिखित निर्देशन, गुटबन्दी नगर्न चेतावनी
सभामुख या उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन
भ्रष्टाचार विरुद्ध अभियान थाल्न केन्द्रीय सदस्यहरुलाई अध्यक्ष ओली प्रचण्डको निर्देशन
सात महिनामा सहकार्य र छलफल गर्दै यसरी भयो नेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरण
सत्तापक्ष र प्रतिपक्षी एक भएमात्र देशमा विकास र सम्बृद्धि ल्याउन सकिने प्रचण्डको भनाई
गृहमन्त्री बादलले गरे मोदीको भ्रमण हुने जनकपुरको सुरक्षा अवलोकन, भ्रमण धार्मिक र सांस्कृतिक मात्र
विधानको कदर गर्न जाने काँग्रेस एकताबद्ध हुने आफ्नो आग्रह रहेको पौडेलको भनाई
English