माओवादी विद्रोहको रापदेखि निर्विरोध दोश्रो कार्यकालको राष्ट्रपतिसम्म नन्दकिशोर पुनको यात्रा

दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका नन्दबहादुर पुन नन्दकिशोर पुन ‘पासाङ’ को नामले परिचित हुनुहुन्छ । तत्कालीन नेकपा९माओवादी०ले सञ्चालन गरेको ‘जनयुद्ध’मा ‘पासाङ’को नामले परिचित पुन २०२२ कात्तिक ७ गते राङ्सी–९, रोल्पामा आमा स्व मनसरा पुन बुबा रामसुर पुनको माइलो सुपुत्रका रुपमा जन्मनु भएको हो । किसान परिवारका रामसुरलाई छोरा पढाउन निकै समस्या थियो । एकातिर धेरै सन्तान अर्कोतिर गाउँका ठालुले सम्पत्ति खोसिदिनु । त्यसका बाबजुद पनि सबै छोरालाई अध्ययन गराउनुभयो । प्युठान अड्डाबाट मुद्दा जितेर खोसिएका सम्पत्ति फिर्ता लिनुभयो । पाँचै भाइ छोरालाई रामसुरले त्यतिबेला आइएभन्दा माथिको अध्ययन गराउनुभयो । ८३ वर्षीय रामसुर अहिले पनि कृषि कर्ममा नै सक्रिय हुनुहुन्छ ।
पासाङको जेठा दाजु वीरबहादुर पुन इन्जिनियर, साइँला भाइ भीमप्रकाश पुन उच्च माध्यमिक विद्यालय प्राचार्य, काइँला भाइ दीपक पुन शिक्षण पेसा छाडेर खेती किसानी गर्नुहुन्छ । कान्छा भाइ कमल पुन अखिल ९क्रान्तिकारी० केन्द्रीय सदस्य रहँदा सशस्त्र संघर्षमा २०५९ मा राज्यपक्षबाट मारिनुभयो । श्रीमती हस्तमाली पुनले जनयुद्धमा स्थानीय पार्टी कमिटीमा रहेर काम गर्नुभयो । उहाँको जेठो छोरा जितेन्द्र र कान्छो छोरा दीपेशसमेत पढाइ छाडेर जनयुद्धमा सहभागी हुनुभयो ।
राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएका पुनले औपचारिक शिक्षाबाहेक सैन्य विज्ञान, राजनीति दर्शनसमेत अध्ययन गर्नुभएको छ । उहाँले नौ कक्षामा पढ्दै गर्दा २०३९ मा जङ्कोट–१, माडिचौरनिवासी हस्तमाली पुनसँग प्रेम विवाह गर्नुभयो । विसं २०३७ सालमा रोल्पाको राङ्सीमा कक्षा सातमा पढ्दा उहाँ अनेरास्ववियू छैटौँको इकाइ अध्यक्ष हुनुभयो । त्यहीँबाट दोस्रो जिल्ला सम्मेलन प्रतिनिधि भएर जानुभयो । प्रहरीले अवरोध गरेपछि दिनभरि ओडारमा लुकेर फर्कनुभयो । लिबाङमा पढ्दा शिक्षक कृष्णबहादुर महराको प्रभावले राजनीतिमा सक्रिय हुन थप प्रेरित गरेको थियो । महराको सरल स्वभाव र अध्यापन शैलीले उहाँलाई आकर्षित गररेको थियो । सङ्गठन बनाउन र कम्युनिस्ट आन्दोलनबारे अध्ययन गर्न महराले प्रेरित गर्नुभयो । २०३९ सालमा अनेरास्ववियुको प्रथम उपकेन्द्रीय राष्ट्रिय सम्मेलन बुटवलमा भयो । उहाँ लिबाङमा आठ कक्षामा पढ्दै गर्दा रोल्पा जिल्ला प्रतिनिधि भएर सहभागी हुनुभयो । सो सम्मेलनमा जनगायक खुसीराम पाख्रिनले गाउनुभएको गीत अहिले पनि उहाँलाई सम्झना छ । जनगायक पाख्रिनको ‘अर्काको भारी बोकेर हामी उकाली–ओह्राली, कहिले त खोला कहिले त भन्ज्याङ डाँडाको चौतारी’ गीत पासाङले बिर्सनुभएको छैन । सम्मेलनबाट फर्केपछि प्रशासनले वारेन्ट जारी ग¥यो । विसं २०४५ मा दाङमा क्याम्पस भर्ना भएर उहाँ मशाल समूहको अध्यक्ष हुनुभयो । प्रवेशिका परीक्षा उत्तीर्णपछि पुनले पार्टी कामको साथसाथै शिक्षण पेसा अँगाल्नुभएको थियो । विसं २०४३ देखि नौ वर्षसम्म आफूले पढेको निमावी राङ्सीमा अध्यापन गर्नुभयो । राजनीतिमा पूर्णकालीन भइसक्दा पनि अध्यापन जारी राख्नुभयो । उहाँ स्थायी शिक्षक हुनुहुन्थ्यो । उहाँलाई खेलकुदमा धेरै रुचि थियो । विभिन्न खेलमा रुचि भए पनि भलिबल प्राथमिकतामा पर्दथ्यो । उपराष्ट्रपति पुनको बाल्यकालदेखि नै लडाकु स्वभाव थियो । जनयुद्धको आधार तयार पार्न तत्कालीन मशालले सुरु गरेको ‘वर्गसङ्घर्ष’ मा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो ।
तत्कालीन माओवादी पार्टी नबन्दै तत्कालीन एकता केन्द्र मशालले २०४८ पछि वाइसिएललाई लडाकु दस्ता बनाएर वर्ग सङ्घर्ष चलायो । त्यसबखत पुन वाइसिएलको रोल्पा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । विसं २०४८ को निर्वाचनमा रोल्पाबाट जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महरालाई जिताउन उहाँ गाउँगाउँमा सांस्कृतिक कार्यक्रम गर्दै हिँड्नुभयो । राज्यविरुद्धको आरोपमा प्रशासनले उहाँको टाउकाको मूल्य रु ३५ हजार सशस्त्र संघर्ष अगावै तोकेको थियो । माओवादी नबन्दैको पार्टीको पहिलो रोल्पा जिल्ला सदस्य भएपछि प्रशासनले बढी निगरानी गरेको थियो । विसं २०५१ को स्थानीय निर्वाचनमा पक्राउ गरेर १५ दिन हिरासतमा राख्यो । प्रहरीबाट बच्नका लागि उहाँले जनयुद्धअघि नै आफ्नो घरभित्रबाट २५ मिटरको सुरुङ खन्नुभएको थियो । विसं २०४६ मा तत्कालीन मशालको पार्टी सदस्य बन्नुभएका पुनले शैक्षिक गुरु कृष्णबहादुर महराबाट पार्टी सदस्यता नवीकरण गर्नुभयो । २०४८ मा भएको एकता महाधिवशेनबाट बनेको एकता केन्द्र मशालको सदस्य तथा युवक सङ्गठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा २०४८ देखि पूर्णकालीन सदस्य भएर काम गर्नुभयो । एकताकेन्द्र बनेलगत्तै रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन हुनुभयो । कृष्णबहादुर महरा सचिव रहनुभएको पाँच सदस्यीय जिल्ला समितिमा पासाङ, सन्तोष बुढा, इन्द्रबहादुर बुढा र जोखबहादुर महरा सदस्य हुनुहुन्थ्यो । जनयुद्ध तयारी गर्दा वाइसिएलको रोल्पा जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक रहनुभएका पासाङ २०५२ फागुन १ मा तत्कालीन नेकपा ९माओवादी० ले जनयुद्ध सुरुवात गर्दा देशका चार ठाउँमा गरेको आक्रमणमध्ये रोल्पाको होलेरीमा रहेको इलाका प्रहरी कार्यालयमा आक्रमण गर्दा उत्तर–पश्चिम र दक्षिण कमान्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमान्डर हुनुभयो । पुन विसं २०५४ मा पार्टीको क्षेत्रीय व्युरो सदस्य, २०५७ मा भएको पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्य र भारतको गोवामा विसं २०६० मा बसेको केन्द्रीय समिति बैठकबाट पोलिटब्युरो सदस्य, २०६९ मा भएको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिनुभएको उहाँ २०७० वैशाखमा भएको विराटनगर सम्मेलनबाट पुनः केन्द्रीय सदस्यमा चुनिनुभयो । लगत्तै जेठमा भएको पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यको निर्वाचनमा उहाँ स्थायी समिति सदस्यमा निर्वाचित हुनुभयो । शान्ति प्रक्रियापछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुप्रिम कमान्डर छाडेपछि जनमुक्ति सेनाको प्रमुख बन्नुभएका पुन माओवादीले सैन्य संरचना बनाएको शुरुदेखि अन्तिमसम्म उहाँ प्रमुख कमान्डर रहनुभयो ।
शान्तिप्रक्रिया टुङ्ग्याउन पुनको संयमताले धेरै काम गरेको थियो । दलहरूले जतिसुकै सहमति वा सम्झौता गरे पनि उहाँले नचाहेको भए शान्ति प्रक्रिया नटुङ्गिन सक्थ्यो । शान्ति प्रक्रिया जारी रहँदा उहाँले तत्कालीन जनमुक्ति सेनालाई संयमसाथ जिम्मेवार बनाएर राख्नुभयो । सातै डिभिजनका कमान्डरले उहाँलाई साथ दिए । शान्ति प्रक्रियामा सघाउन आएको संयुक्त राष्ट्रसङ्घअन्तर्गतको जिएमसिसीको भाइस कमान्डर रहेर काम गर्ने क्रममा उहाँले जर्मनी, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड, नर्वे, बेल्जियम, चीन, भारत, बर्मा, थाइल्यान्डलगायत मुलुक पुगेर नेपालको शान्ति प्रक्रियाबारे जानकारी दिनुभयो ।
उपराष्ट्रपति पुन राष्ट्रियताप्रति त्यत्तिकै संवेदनशील हुनुहुन्छ । नेपालमा जे छ त्यसैमा विश्वास गर्ने, साधारण नेपालीले जे उपभोग गर्छन्, त्यही उपभोग गर्ने उहाँको बानी छ । विसं २०६९ जेठ १७ मा उहाँको दुवै मिर्गौला काम नलाग्ने भयो । उहाँ मृत्यु नजिक हुनुहुन्थ्यो । सरकार र पार्टीले विदेश लगेर उपचार गर्न थालेको प्रयास उहाँले अस्वीकार गर्नुभयो । उहाँ नेपालमै उपचार गर्ने, मर्नुपरे नेपालमै मर्ने तर विदेश गएर उपचार नगर्ने भनी अस्पतालको सघन उपचार कक्षबाटै घोषणा गर्नुभयो । त्यतिबेला चिकित्सकले पुनको अवस्था ‘संवेदनशिल भएको र दुवै मिर्गौलाले ८० प्रतिशत काम गर्न छाडेको बताएका थिए । मिर्गौला नाटकीय रूपमा स्वस्थ हुनु उहाँमा भएको बलियो आत्मबलले हो भनेर चिकिसत्कले बताउने गरेका छन् । नेपालका अस्पताल र चिकित्सकप्रति आफ्नो पूर्ण विश्वास रहेको पुनले बताउँदै आउनुभएको छ । उहाँको साहित्यमा पनि विशेष रुचि छ । थुपै्र फुटकर गीत तथा कविता लेख्नुभएको उहाँका केही गीत सङ्गीतबद्ध हुन बाँकी छन् । वर्गसङ्घर्षको चरणमा उहाँले लेख्नुभएको ‘जनताहरू जाग्दै छन् जाग्दै छन्।।।’ गीत चर्चित थियो । युद्ध उत्कर्षमा पुग्दै गर्दा उहाँले लेखेको ‘हामी राता मान्छे।।।’, ‘हुरीका सन्तान हौँ हामी।।।’ गीत चर्चित भए । शान्ति प्रक्रियापछि उहाँले लेख्नुभएको पुस्तक ‘इतिहासको रक्तिम पाइला’ नेपाली र अँग्रेजी भाषामा प्रकाशित छन् । जनयुद्धक्रममा पुनले धेरैपटक आफ्नो मृत्युको खबर आफैँले सुन्नुभएको थियो । मुत्युका केही खबर आफँैले खण्डन गर्नुभएको थियो । नयाँ संविधान जारीपछि २०७२ कात्तिक १४ मा व्यवस्थापिका–संसद्मा भएको उपराष्ट्रतिको निर्वाचनमा उहाँ मुलुकको दोस्रो उपराष्ट्रपतिमा निर्वाचित हुनुभयो । तत्कालीन सत्तारूढ गठबन्धन एकीकृत नेकपा माओवादी, नेकपा ९एमाले०, मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चालगायत १५ दलको संयुक्त उम्मेदवार उहाँले कुल ५४७ मध्ये ३२५ मत प्राप्त गरेर उपराष्ट्रपतिमा विजयी हुनुभएको थियो ।
सम्पन्न निर्वाचनमा उहाँ उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित हुनु भयो । नेपालको शान्ति प्रक्रियालाई कुशलतापूर्वक सम्पन्न गर्ने एक प्रमुख पात्रका रुमपा रहनु भएका पुनले इमान्दार भएर नेपालको प्रतिष्ठा बढाउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ ।

(Visited 1,735 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अपारको अष्ट्रेलिया, बाध्यताले हिन्दी सिकिने देश !
सामाजिक सञ्जालमा बामदेवको चरम विरोध, तिनको रहर पूरा गर्न देशको ढुकुटी खर्च किन गर्ने ?
तटस्थ भावले मनलाई नियाल्ने विधि ‘विपश्यना’को भित्री कुरा यस्तो छ
माओवादी विद्रोहको रापदेखि निर्विरोध दोश्रो कार्यकालको राष्ट्रपतिसम्म नन्दकिशोर पुनको यात्रा
छठ पर्वमा सूर्यको पूजा किन गरिन्छ, यस्तो छ धार्मिक कारण
एकातिर रक्तदान अर्कोतिर हानाहान, एनआरएनको सम्मेलनमा के हुँदैछ ?
१४ वर्षे एनआरएनए यात्रा र चुनावमा देखिएको विकृत स्वरुप, समाधान के ?
चार सय वर्ष भन्दा पुरानो परम्परा बोकेर पर्यटक र दर्शनार्थिलाई लोभ्याउँदै तालबाराही
राष्ट्रपति ट्रम्प, पेरिस  सम्झौता र कोइलाको राजनीति
एनआरएन अष्ट्रेलियाको निर्बाचनमा घुसेको नेपाली राजनितीकरणले जनमानसमा देखिएको विकर्षण
English