मानसिक रोगीलाई बलात्कारी बनाएर हत्यारा लुकाएको भन्दै कञ्चनपुरमा हड्ताल

कञ्चनपुरमा बलात्कारपछि निर्मम हत्या गरिएकी किशोरी निर्मला पन्तको घटनामा प्रहरीले चलाखीपूर्ण रुपमा मानसिक रोगीलाई बलात्कारी प्रमाणित गर्दै पेश गरेको भन्दै आन्दोलन भएको छ । आईतबार निजलाई प्रहरीले सार्वजनिक गरेको थियो । बयानमा आफुले बलात्कार गरेको र घाँटी थिचेर हत्या गरेको निजले स्वीकार गरिसकेका थिए । यसअघि पनि हत्याको अभियोगमा जेलमा परेका दिलिपसिंह विष्टले नै कुकर्म गरेको खुलेको प्रहरीले जनाएको थियो । स्थानीय बासिन्दाले भने घटनालाई अन्तै मोड्न यस्तो गरिएको आरोप लगाएको छ । स्थानीय बासिन्दाले किशोरी कापी लिन गएको घरका केही मानिसहरु शंकास्पद रहेको भन्दै उनीहरुलाई घटनाबारे थाहा भएको यसअघि आरोप लगाउँदै आएका छन् । विरोध प्रदर्शनको क्रममा स्थानीय जिल्ला प्रशासन कार्यालयमा क्षति पुग्ने देखेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको जनाएको छ । कञ्चनपुरका डिएसपी ज्ञान सेठीले मुख्य बजार बन्द रहेको र प्रशासन कार्यालयमै आक्रमण गर्न आएपछि प्रतिवाद गरिएको बताए । भीमदत्त बजार बन्द गराइएको छ । राजनीतिक दबाबमा अभियुक्त बचाउन खोजेको आरोप स्थानीयले लगाएका छन् । गत साउन १० गते साथीको घरमा गएकी निर्मला बेपत्ता भएकी थिइन् । भोलिपल्ट उनको शव भेटिएको थियो । सीआईबी टोलीले अनुसन्धन गरी निज विष्टलाई पक्राउ गरेको हो ।

(Visited 1,537 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अष्ट्रेलियाबाट ‘जर्नी टु नेपाल अभियान’ चलाउँदै दूतावास, बिहीबार सुरुवात गर्ने
मलेशियामा विषालु रक्सी सेवनबाट ६ नेपालीको मृत्यु, १७ बिरामी
सदस्यहरुलाई कार्ड वितरण गर्दै एनआरएन, पहिलो लटमा आए एक हजारको परिचयपत्र
मन्त्री र पूर्वमन्त्रीसँग सिड्नीमा अन्तरक्रिया, एउटा गाउँ बनाउने जिम्मा अष्ट्रेलिया बस्ने साथीहरुले लिनुस् : जनार्दन शर्मा
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय माग्दै सिड्नीमा ऐक्यबद्धता
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा खटिएका सबै प्रहरी निलम्बित
सिड्नीमा सुरु भयो पहिलो नलेज कन्फरेन्स, एनआरएनले देश विकासमा हातेमालो गर्ने
बम योञ्जनलाई भिक्टोरियन मल्टिकल्चरल एवार्ड २०१८, गभर्नर हाउसमा हस्तान्तरण
साफ च्याम्पियनशीप जित्ने नेपालको सपना माल्दिभ्सले ध्वस्त बनायो, तीन शून्यले पराजित
सिड्नीमा नेपाल फेष्टिभलको तयारी, एनआरएनले बनायो २८ उपसमिति
English