मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरी गर्भवति बनाउनेको रोल्पामा खोजी

मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् ।
रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातीकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ । बाबुको पहिचान बिना जन्मिएका शिशुको भविष्यसमेत बेवारिसे बन्ने देखिएको छ । शिशुको जन्म दिएपनि रेखदेख नगरेपछि आफूहरुको पहलमा बच्चाका लागि लत्ताकपडा तथा पोषणयुक्त खानाको व्यवस्था गरिदिएको स्थानीय आमा समूहले बताएको छ । मानसिक अवस्था ठीक नभएपछि घरबाट निस्किएर बेवारिसे बनेकी उनलाई गर्भवती बनाउनेको आफूहरुले खोजी गरिरहेको आमा समूहका अध्यक्ष मीना घर्तीले जानकारी दिनुभयो ।
शिशुको बाबु पहिचानका लागि जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी गरेका छाँै, अध्यक्ष घर्तीले भन्नुभयो । सुत्केरी महिलाको रेखदेख र शिशुको बाबु पहिचानका लागि आफूहरुले समेत दबाब दिइरहेको महिला अधिकारकर्मी तीर्था आचार्यले बताउनुभयो । शिशुको बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने आचार्यको भनाइ छ । जिल्लामा बाबु पहिचान हुन नसकेका यस्ता बालबालिका सयौँको संख्यामा रहेको बताइएको छ । बाबु पहिचान नहुँदा विद्यालय भर्ना तथा नेपाली नागरिकताको प्रमाणपत्र लिनमा समेत यस्ता बालबालिका वञ्चित हुँदै आएका छन् ।

(Visited 21 times, 1 visits today)

सम्बन्धित समाचारहरू

फेरि मुस्ताङ लगिदैछ गुन्डा नाइके समीरमान बस्नेतलाई ?
क्षतिपूर्तिमा सहमति नभएपछि सडक दुर्घटनामा मृत्यु भएका बालकको शव अस्पतालमै
तेजाव आक्रमणमा परेकी रौतहटकी सम्झनाको निधन, पासवान प्रहरी अनुसन्धानमा
आनीलाई प्रयोग गरेर बम्जनमाथि बलात्कारको आरोप लगाइएको स्पष्टीकरण
१३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण बारे तीन तहबाट सुक्ष्म अनुसन्धान
नक्कली सुनलाई सक्कली भन्दै ठग्ने ६ जना पक्राउ
मानसिक रोगीलाई बलात्कारी बनाएर हत्यारा लुकाएको भन्दै कञ्चनपुरमा हड्ताल
चितवनमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँचजना पक्राउ
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
English