मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश

दक्षिण कोरियाको एक अदालतले मासुका लागि कुकुर नमार्न आदेश दिएको छ । बिहीबार आएको अदालतको यस आदेशलाई यहाँका जनावरको अधिकारको वकालत गरिरहेका अधिकारकर्मीहरुले आफूहरुको विजयको रुपमा लिएका छन् । साथै यस आदेशलाई अरु सर्वसाधारण कोरियाली नागरिकले पनि स्वागत गरेका बताइएको छ । अदालतको आदेशमा कोरियामा मनाइने एक पर्वमा कुकुर मार्ने अभियान नै चलाउने गरिएकोमा त्यसलाई अवैध भनिएको छ । साथै सो फैसलामा अबदेखि मासुजन्य पदार्थका लागि कुकुर मार्न नपाइने आदेश दिइएको छ । अधिकारकर्मीहरु सो आदेश मागगर्दै अदालत गएका थिए । दक्षिण कोरियामा कुकुरको मासु लोकप्रिय छ । यहाँ मासु खानकै लागि हरेक वर्ष कम्तीमा पनि १० लाख कुकुर मार्ने गरिएको विश्वास गरिन्छ । तर पछिल्ला वर्षहरुमा भने यहाँ कोरियाको मासुको खपतमा कमी आएको पाइएको थियो । किनभने कुकुरको मासु खाने पर्वमा निकै हिंस्रक रुपमा कुकुर मार्ने गरिएकोले धेरैलाई यो मन परेको थिएन । त्यसैगरी कुकुर मानिसको साथीजस्तै जनावर हो भन्ने भावना मानिसमा पछिल्लो समयमा बढ्दै गएकोले गर्दा पनि मासुको खपतमा कमी आएको पाइएको समाचारमा जनाइएको छ । दक्षिण कोरियामा करिब १७ हजार कुकुर पाल्ने फार्म छन् । ती फार्मका लगानीकर्ता र मालिकहरुले भने यस आदेशको विरोध गरेका छन् । त्यसैगरी केही सांसदले यसअघि संसदमा कुकुरको मासु प्रतिबन्ध लगाउनुपर्ने कानुन निर्माण गर्न संसदमा प्रस्ताव पनि प्रस्तुत गरेका थिए । ती प्रस्तावमा पनि ती फार्मका मालिक र कुकुरको मासुका पारखीहरुले विरोध जनाएका थिए ।

(Visited 104 times, 1 visits today)

सम्बन्धित समाचारहरू

आगामी शुक्रबार नेपाल एयरलाईन्सको वाइड बढी विमान मकालु आइपुग्ने
डाक्टर गोविन्द केसीको समर्थनमा जुलुस, निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरमा झडप
बलात्कारको मुद्दामा मेलबर्नका एक नेपाली युवालाई ६ वर्ष जेल सजाय
डाक्टर गोविन्द केसीको समर्थनमा अष्ट्रेलियाका विभिन्न शहरमा ऐक्यबद्धता
डा गोविन्द केसी काठमाडौं आउन तयार, सरकारसँग वार्ता हुने !
गुगललाई पनि लाग्यो सिन्डीकेटको आरोप, ५ खर्ब बढी जरिवाना, एन्ड्रोईडलाई पनि धक्का
अनसन बसेका डाक्टर केसीलाई किन अपहरण गर्न खोज्दछ सरकार ?
हुन्डी भन्दै झुलाउने क्रम बढ्दो, एनआरएन भिक्टोरियाको हस्तक्षेपपछि पीडितको रकम फिर्ता फिर्ता
सुन तस्करीको भुरा माछा, मुखमा सुन लुकाएर ल्याउने भारतीय पक्राउ
फिल्मको शुटिंग जस्तो डनको चर्तिकला, हेलिकोप्टरमा जेलबाट फरार
English