मुलुकले भोग्न लागेको आर्थिक संकटको समाधान सबै मिलेर गर्नुपर्ने प्रचण्डको तर्क

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्ट पक्षले उठाउँदै आएको संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाइने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नक्रममा उहाँले संविधानसभाबाट निर्माण भएको संविधानलाई कार्यान्वयन गर्न प्रभावकारी प्रयत्नको जरुरी रहेको बताउँदै असन्तुष्ट पक्षलाई मिलाएर राष्ट्र निर्माणको कार्यभार पूरा गरेर छाडिने दृढता व्यक्त गर्नुभयो । वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पक्षलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेको स्मरण गर्दै उहाँले राष्ट्र निर्माणको यात्रामा सबै पक्षको रचनात्मक सहयोग जरुरी रहेको बताउनुभयो । संविधान कार्यान्वयनमा सबै पक्षको सहयोग भएकै कारण तीन वटै तहको निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले मुलुकले भोग्न लागेको आर्थिक संकटको समस्या समाधान गर्न पनि सबैको सहयोग जरुरी रहेको औँल्याउनुभयो । विगतमा पद प्राप्तिका लागि जस्तोसुकै चलखेल गर्ने प्रवृत्ति हावी भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन र राष्ट्र निर्माणको महाभियानमा एक भएर जानुपर्ने र नयाँ परिस्थितिमा कार्यशैली पनि नयाँ हुनुपर्ने स्पष्ट पार्नुभयो । पूर्वाधार, पर्यटन, जलस्रोत र कृषिजन्य उद्योगको विकास गुणात्मक रुपमा लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सुशासन, समृद्धि र स्थायित्व प्रदान गरेर रोजगारीको खोजीमा विदेशिएका युवालाई स्वदेश फर्काउने सकिन्छ भन्नुभयो । कुशासन, भ्रष्टाचार, अराजकता र अनियमितता अन्त्य गर्न वर्तमान सरकार दृढताका साथ लाग्ने अध्यक्ष दाहालको विश्वास थियो । उहाँले भन्नुभयो, “राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई विनाभेदभाव दण्ड दिने संस्कारको विकास गर्नु जरुरी छ ।”
हामीलाई जनताले सुशासन, स्थायित्व र विकासका लागि मत दिएको स्मरण गर्दै उहाँले त्यसप्रति सबै इमान्दार हुन जरुरी रहेको धारणा राख्नुभयो । चीन र भारतले गरेको आर्थिक समृद्धिबाट फाइदा लिएर नेपालको विकासको ढोका खोल्न सकिने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “हामी भारतपरस्त पनि होइनौँ, चीनपरस्त पनि होइनौँ । हामी नेपालपरस्त भएर मुलुक निर्माणमा लाग्नु जरुरी छ ।” प्रतिपक्षसँग मिलेर वाम गठबन्धनको सरकार अगाडि बढ्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले राष्ट्रिय कार्यसूचीमा सरकार र प्रतिपक्ष नहुने र सबै मिलेर जानुपर्ने उल्लेख गर्नुभयो । उहाँले नेपालको राजनीतिक परिवर्तनमा योगदान गर्ने सबै शहीदप्रति सम्मान पनि व्यक्त गर्नुभयो ।

(Visited 579 times, 1 visits today)

सम्बन्धित समाचारहरू

माओको देशमा ओली, नेपाल कम्युनिष्ट आन्दोलनबाट विश्वले सिक्नसक्ने प्रधानमन्त्रीको भनाई
चीनसँग आठवटा नाका खोल्ने सहमति हुँदै, हस्ताक्षर प्रधानमन्त्रीको भ्रमणमा
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली र प्रचडले दिए कार्यकर्तालाई लिखित निर्देशन, गुटबन्दी नगर्न चेतावनी
सभामुख या उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन
भ्रष्टाचार विरुद्ध अभियान थाल्न केन्द्रीय सदस्यहरुलाई अध्यक्ष ओली प्रचण्डको निर्देशन
सात महिनामा सहकार्य र छलफल गर्दै यसरी भयो नेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरण
सत्तापक्ष र प्रतिपक्षी एक भएमात्र देशमा विकास र सम्बृद्धि ल्याउन सकिने प्रचण्डको भनाई
गृहमन्त्री बादलले गरे मोदीको भ्रमण हुने जनकपुरको सुरक्षा अवलोकन, भ्रमण धार्मिक र सांस्कृतिक मात्र
विधानको कदर गर्न जाने काँग्रेस एकताबद्ध हुने आफ्नो आग्रह रहेको पौडेलको भनाई
एकताको लागि प्राविधिक विषय मात्र बाँकी रहेको वरिष्ठ नेता माधव नेपालको भनाई
English