मृगौला फेरिएका काँग्रेस नेता खुमबहादुर खड्काको उपचारकै क्रममा निधन

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । उनको भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारको क्रममा शुक्रबार साझ निधन भएको अपोलो अस्पताले जनाएको छ।
अपोलो अस्पतालमा उपचार शुरु भएको ३९ दिनमा खड्काको निधन भएको हो। उनको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई बचाउन नसकेको बताएका छन्। अपोलोका प्रबन्ध निर्देशक डा अशोक वाजपेयीले खड्काजीलाई बचाउन नसकेकोमा दुख व्यक्त गरे।
यता नेपाली काँग्रेसले पनि औपचारिक रुपमा खड्काको निधनको पुष्टि गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले खड्काको निधनको पुष्टी गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा पार्टीका तर्फबाट समवेदना प्रकट गरेका छन्।
खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिन काँग्रेस नेताहरू केन्द्रिय सदस्य शंकर भण्डारी र रमेश लेरवक मंगलवार नै दिल्ली गएका थिए। खड्काको उपचारमा संलग्न बरिष्ठ चिकित्सकहरू र प्रवन्ध निर्देशक डा वाजपेयीले उनको अवस्थाअ त्यन्तै गम्भिर रहेको बताएपनि सञ्चारमाध्यम मार्फत वाहिर नल्याउन आग्रह गरेका थिए।
खड्काको साँढे दुई बर्ष अघी चिकित्सक सन्दिप गुलेरिया सहितको टीमले मृगौला ट्रान्सप्लान्ट अपोलोमै गरेका थिए। खड्काको उपचारमा मृगौला ट्रान्सप्लान्ट विज्ञ डा सन्दिप गुलेरिया, छातीरोग विशेषज्ञ डा राजेश चावला र मष्तिस्क रोग विशेषज्ञ मुकुल वर्मा नेतृत्वको टीम वाहाँको उपचारमा सम्ल्न थिए। नेता खड्कालाई संकमणको खतरा रहेका कारण आइसियूमा पनि अलग्गै राखेर उपचार भइरहेको थियो। तर अनेक प्रयास बाट पनि खड्कालाई चिकित्सकहरुले बचाउन सकेनन्।

(Visited 20 times, 1 visits today)

सम्बन्धित समाचारहरू

भारतका लागि नीलकण्ठ उप्रेति राजदूत तोकिए, मलेसियामा पाण्डे सिफारिश
२ गोल अन्तरले क्रोयसियालाईं हराउँदै फ्रान्स विश्वकप उपाधि चुम्न सफल
आज विश्वकपको फाईनल भिडन्त, बेल्जियम बन्यो तेश्रो, उपाधि उछिट्याउँदै फ्रान्स र क्रोयसिया
चितवन पुगेर प्रचण्डले भने- हामीलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लाग्यो
चीनलाई एक जोडी गैंडा उपहार, नेपाल लिन मात्र हेन दिन पनि जान्दछ साकार
फ्रान्स पुग्यो फाईनलमा, बेल्जियमका लुकाकुको कमजोर प्रदर्शन, टिम सन्तुलन मिलेन
सिड्नीमा एनआरएनको परोपकारी गाला डिनर, सात प्रदेशका ९ विद्यालयलाई सहयोग
न्याभको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण, एक्सीलेन्स एवार्ड पनि वितरण
‘बेटी बचाऔँ, बेटी पढाऔँ’ छोरी जन्मे १० हजार भत्ता २० वर्षसम्म
नेपाल पर्यटन सेल्स मिसन अष्ट्रेलियन ट्राभल एजेण्टसको ध्यानाकर्षण गर्न सफल
English