मेक्सिकोमा आएको भूकम्प यस शताब्दीकै शक्तिशाली

मेक्सिकोमा शुक्रबार अपरान्ह शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको राष्ट्रिय भौगर्भिक सेवा केन्द्रले जनाएअनुसार उक्त भूकम्प ७.२ रिक्टर स्केलको रहेको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले सो भूकम्पको पुष्टी गरेको । मेक्सिकोको दक्षिणपश्चिमी सहर पिनोटेपा नजिक रहेको ओक्साकामा सो भूकम्पको केन्द्रबिन्दु रहेको बताइएको छ । यसबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । यो भूकम्प मेक्सिकोमा गएको भूकम्पमध्ये गएको शताब्दीमै ठूलो भएको बताइएको छ । 
ठूलो संख्यामा उद्धारकर्ता र सुरक्षाकर्मीहरु परिचालन गरिएको बताइएको छ । यसबाट भौतिक र मानवीय क्षति पनि धेरै मात्रामा भएको अनुमान गरिएको छ । तर उद्धारकार्य जारी रहेकोले क्षतिको विवरण आउन सकेको छैन । सरकारले उद्धारको काम तदारुकताका साथ गर्न सम्बद्ध सबै निकायहरुलाई निर्देशन दिएको छ । मेक्सिकोमा गत वर्षमात्र पनि दुई ठूला भूकम्प गएका थिए । गत वर्ष अर्थात् पाँच महिनामात्र अघि गत सेप्टेम्बर ७ र १९ मा यहाँ ८ रिक्टरभन्दा माथिको भूकम्प गएको थियो । सो भूकम्पबाट करिब ५०० जनाको ज्यान गएको थियो भने ठूलो मात्रामा भौतिक क्षति भएको थियो । यसमा परी करिब १८ हजार घर क्षतिग्रस्त नै भएका थिए । त्यसको केही समयपछि मात्र फेरि शुक्रबार यो भूकम्पको धक्का महसुश भएको छ । यसले गर्दा मेक्सिकोका जनतामा ठूलो मात्रामा त्रास फैलिएको छ । उनीहरु सो भूकम्पपछि घरबाहिर बसिरहेका छन् । बारम्बारका पराकम्पनहरुले गर्दा उनीहरुमा त्रास छाएको मेक्सिको सिटीबाट प्राप्त भएका समाचारहरुमा उल्लेख छ ।

(Visited 110 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
पूर्ण निशस्त्रीकरणमा उत्तर कोरिया सहमत, अब भेट ह्वाईट हाउसमा हुने !
चार बुँदामा समेटिएको ट्रम्प उनको सम्झौतापत्रको पूर्णपाठ यस्तो छ
सिंगापुरमा ट्रम्प र किम, वार्ताको पूर्वसन्ध्यामा सबैको चासो सान्टोसामा
होला त रसिया र अमेरिकी राष्ट्रपतिबीच् ‘रचनात्मक भेट’ ?
सिंगापुरमा तेर्सिएको नजर, सफल होला त किम ट्रम्प वार्ता
शनिबार चीन जाँदै भारतका प्रधानमन्त्री मोदी, सीमा समस्याबारे वार्ता हुने
उत्तर कोरियामा रहेका बन्दीहरुलाई वार्ताअघि नै रिहा गर्न राष्ट्रसंघीय नियोगको आग्रह
साउथ चाइना सीबारे ‘गैरजिम्मेवार टिप्पणी’ चीनलाई अस्वीकार्य
रुसी हतियार ल्याएमा कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी
English